News

Sep 22, 2008

सेनालाई राजनीतिबाट अलग राख्नुपर्ने - सेनापति रुक्मांगद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेनालाई राजनीतिबाट अलग राख्नुपर्ने धारणा राख्दै आउनुभएका प्रधान सेनापति रुक्मांगद कटवालले पछिल्लोपटक पुन यस्तै धारणा व्यक्त गर्नुभएको छ । राजधानीमा सेनाका अधिकृत क्याडेटलाई दर्ज्यानी चिह्न दिने क्रममा आइतबार उहाँले सेनालाई राजनीतिबाट अलग राख्नुपर्ने बताउनुभएको हो ।नेपाली सेनाको राष्ट्रिय चरित्र भनेको जहिले पनि राजनीतिबाट अलग रहने उहाँले उल्लेख गर्नुभयो । नेपाली सेनामा भर्ती हुन निश्चित मापदण्ड पूरा गर्नुपर्ने उहाँको भनाइ थियो । सेनाको मान्यता, मूल्य र परम्परा गैरराजनीतिक भएको प्रधानसेनापति कटवालले बताउनुभयो ।

No comments: