News

Sep 27, 2008

बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ६४ पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत साता मुलुकको पश्चिमी जिल्लाहरुमा लगातारको भारी वर्षापछि आएको बाढीपहिरामा परी हालसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको छ । यसैगरी करिब आधा दर्जन अझै पनि बेपत्ता रहेको जानकारी सरकारले दिएको छ । पश्चिमका कन्चनपुर, कैलाली, बाजुरा, डडेलधुरा, सल्यान, डोटी, बझाङ, दार्चुला लगायत जिल्लामा बाढीपहिराको बढी प्रभाव परेको थियो ।गृहमन्त्री वामदेव गौतमले संसदमा शनिबार बाढीपहिरोबारे जानकारी दिंदै बाढी प्रभावित क्षेत्रमा सरकराले तत्कालका लागि ७ करोड ७३ लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको उल्लेख गर्नुभयो । राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका जानुभएका प्रधानमन्त्री फर्केपछि सरकारले बाढी प्रभावित क्षेत्रका लागि एकीकृत रुपमा विशेष कार्यक्रम ल्याइने गौतमले बताउनुभयो ।

No comments: