News

Sep 26, 2008

खाद्यान्न,पेट्रोलियमको मूल्य वृद्धि तथा जलवायु समस्या समाधानका उपायहरु आवश्यक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा जलवायु परिवर्तनको समस्या समाधानका लागि दिर्घकालिन उपायहरु आवश्यक रहेको बताउनुभएको छ । गरिबी निवारणका लागि देखिएका समस्याहरुबाट नेपाल पनि अछुतो नरहेको भन्दै उहाँले नेपालमा समस्या समाधानका लागि तत्कालीन र दिर्घकालिन उपायहरु आवश्यक रहेको बताउनुभयो ।संयुक्त राष्ट्रसंघको सहस्राव्दी लक्ष्य सम्वन्धी सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कम विकसित देशहरुलाई विश्वको सहयोग र संयुक्त पहल आवश्यक रहेको बताउनुभयो । नेपालले शिक्षा तथा स्वास्थ्यमा जनताको पहुँच पुर्‍याउन सरकार अग्रसर रहेको उहाँको भनाई थियो ।प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सिमान्तीकरणमा परेका जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । सम्मेलनलगत्तै उहाँले वेलायती प्रधानमन्त्री गोल्डेन व्राउनसंग पनि भेट गर्नुभएको छ । यसैबीच प्रधानमन्त्रीले शुक्रबार संयुक्त राष्ट्रसंघका ६३ औं महासभालाई सम्बोधन गर्नुहुने भएको छ । सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रकृया, अन्मिनले गरेका र गर्न बाँकी रहेका कामहरु तथा राष्ट्रसंघले नेपाललाई गरेको सहयोगवारे महासभालाई जानकारी गराउनुहुने भएको छ ।

No comments: