News

Sep 30, 2008

आफ्नो अमेरिका भ्रमण सफल - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका भ्रमण सफल भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसघको ६३ औ महासभामा भाग लिएर फर्केपछि त्रिभुवन विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अमेरिकासँग आफुहरुको कुटनैतिक सम्बन्धको सुरुवात भए पनि बैचारिक द्वन्द्व भने बाँकी नै रहेको बताउनुभयो ।भ्रमणक्रममा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशसँगको भेटबारे जानकारी दिदैं उहाँले बुशसँग नेपालको आर्थिक परिवर्तनमा सहयोग गर्न आग्रह गरेको बताउनुभयो । सबैभन्दा ठूलो दिमाग भएका कार्ल मार्क्स जन्मेको स्थानमा जान पाउँदा गर्वको महसुस भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यहाँ भएका भेटहरुमा आफुले नेपालको राजनीतिक परिवर्तन नयाँ नेपाल र नयाँ संयुक्त सरकारको अवधारणाबारे जानकारी गराएको बताउनुभयो । आफ्नो १० दिने भ्रमण पूरा गरी जर्मनीको फ्रयांकफर्ट हुँदै प्रधानमन्त्री प्रचण्ड दिउँसो राजधानी आइपुग्नुभएको हो । महासभामा भाग लिन प्रधानमन्त्री सहितको १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल गत असोज ४ गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेको थियो ।त्यहाँ रहँदा प्रधानमन्त्रीले महासभालाई सम्वोधन गर्नुभएको थियो भने राष्ट्रसंघका महासचिव बान कि मुन, न्युयोर्कमा पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग पनि भेटघाट गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले प्रजातान्त्रिक पद्धतिप्रतिको माओवादी प्रतिवद्धता रहेको भन्दै नेपाललाई सहयोग गर्न विशेष आहृवान गर्नुभएको थियो ।

No comments: