News

Sep 29, 2008

नेपाल-भारत संयुक्त जलस्रोत समितिको सचिवस्तरीय बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल-भारत संयुक्त जलस्रोत समितिको सचिवस्तरीय बैठक सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । बुधबारसम्म चल्ने सचिवस्तरीय बैठकमा नेपालका तर्फबाट जलस्रोत मन्त्रालयका सचिव शंकरप्रसाद कोइराला र भारतीय तर्फको नेतृत्व त्यहाँका जलस्रोत मन्त्रालयका सचिव उमेशनाथ पन्जियारले गर्नुहुने भएको छ । चार बर्षपछि बस्न लागेको सचिवस्तरीय बैठकमा बिद्युत, सिचाइ, जलउत्पन्न प्रकोपका बिषयमा बृहत छलफल हुने बताइएको छ । बैठकमा कोसी बाढी, सप्तकोशी तटबन्ध, बहुउद्देश्यीय परियोजना, गण्डक, लक्ष्मणपुर बाँध, सुनकोशी डाइभर्सन, रसियावाल खुर्दलोटन, महलीसागर, कैलाशपुरी लगायतका बाँधबाट भएको डुवानका बिषयमा छलफल हुने जनाइएको छ । बैठकमा नेपालका तर्फबाट २६ जना र भारतीय पक्षबाट १४ जनाको सहभागीता रहने जलस्रोत मन्त्रालयका सहसचिव अनुप कुमार उपाध्याले जानकारी दिनुभयो ।

No comments: