News

Sep 24, 2008

युवतीहरुलाई जिस्क्याउने २१ जना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विद्यालय, क्यामपस जस्ता ठाउँ आसपास बसेर युवतीहरुलाई जिस्क्याउने चलन विकृति निम्तिने गरेको भन्दै यस्ता कार्यको विरोध हुने गरेको छ । कतिपय स्थानमा यस्तै निहुँका कारण झडप समेत हुने गरेका छन् । यसै क्रममा बाँके जिल्लामा विद्यालयको अगाडि बसेर छात्राहरुलाई जिस्काउने कार्यमा संलग्न २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त जिल्लाको सरस्वती माध्यमिक विद्यालय, नारायण मावि, मंगलप्रसाद मावि र महेन्द्र माविको गेटमा बसेर छात्राहरूलाई जिस्काउने युवकहरूलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक विनोद शर्माका अनुसार छात्रालाई दुख दिएको गुनासो उनीहरूका अभिभावकहरूबाट आएपछि छापा मारेर पक्राउ गरिएको हो । पक्राउ परेका २१ मध्ये पाँचजना पटकपटक बिभिन्न अभियोगमा पक्राउ परिसकेको र १६ जना नयाँ अनुहारका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये पाँच जनालाई सार्वजनिक ऐनअन्तर्गत कारबाही गरी छोडिने प्रहरीले जनाएको छ ।

No comments: