News

Sep 29, 2008

करको विरोधमा देशभर चलचित्र प्रदर्शन बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वदेशी चलचित्रलाई टेवा पुग्ने खालको कार्यक्रम नल्याएको भन्दै चलचित्रकर्मीहरुले विरोध गरेका छन् । सरकारले हालै ल्याएको वजेटले स्वदेशी चलचित्रलाई सहयोग पुर्‍याउनुको साटो उल्टो थप कर लगाउने व्यवस्था गरेको भन्दै उनीहरुले विरोध स्वरुप सोमबार मुलुकभरका चलचित्र घरहरु बन्द गराएका छन् । उनीहरुको आन्दोलनमा साथ दिंदै चलचित्र घरका सञ्चालकले देशभर आज चलचित्र देखाएनन् ।नेपाल चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्माले नयाँ करको व्यवस्थाले रुग्ण बनेको नेपाली चलचित्र उद्योग थप समस्यामा पर्ने अवस्था रहेको भन्दै विरोध गरिएको सञ्चारकर्मीहरुलाई बताउनुभएको छ । सरकारले हालै गरेको कर बढाउने निर्णय नसच्याए आन्दोलनका थप सशक्त कार्यक्रम गर्ने चेतावनी संघले दिएको छ । १५ दिनभित्र निर्णय सच्याउन समय दिइएको शर्माले बताउनुभयो ।सरकारले महानगर र उपमहानगरमा चलचित्र हललाई १५ प्रतिशत अनि नगरपालिका र गाविसमा रहेका हललाई १० प्रतिशत विकास शुल्क तोकेको थियो । हल सञ्चालन भए पनि वा नभए पनि २० प्रतिशत न्यूनतम शुल्क तोकिएको भन्दै चलचित्रकर्मी आन्दोलित भएका हुन् ।

No comments: