लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा, साउन २४ - कोशी राजमार्गको धरान- धनकुटा सडक खण्डको पात्ले खोला नजिकै शनिबार बिहान यात्रुवाहक बस दुर्घटनाग्रस्त हुदा त्यसमा सवार २२ यात्रु घाइते भएका छन् । संखुवासभाको मुढेशनिश्चरेबाट धरानतर्फजादै गरेको को.१ ख. १७०३ नंबरको संझना ट्राभल्स ले अर्को सवारी सवारी साधनलाई उछिन्न खोज्दा बिहान साढे ११ बजे दुर्घटना भएको हो । घाइते मध्ये एक दर्जनको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरुमा सुनसरी इटहरीका यमकला र्राई, तेह्रथुमका शेरबहादुर भण्डारी, प्रदीप मादेन, संखुवासभाका विष्णुकुमारी भट्टर्राई, मितेश जिमी, अजय गुरुङ्ग, सर्लाहीका सुशिल घिमिरे, धरानका स्मृति गुरुङ्ग, धनकुटाका सुर्यबहादुर तामाङ्ग, सम्शेर लिम्बु, आर्टिस र्राई लगायत रहेका छन् । अधिकांश यात्रुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने केहिलाई धरानतर्फउपचारका लागि लगिएको छ ।
No comments:
Post a Comment