लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका २२ दलले एनेकपा (माओवादी) सँग वार्ता र सहमतिका लागि हदैसम्म लचिलो भएर प्रयत्न गर्ने र जबर्जस्ती गरिएमा त्यसको सामना गर्न पछि नपर्ने निष्कर्षनिकालेका छन्। माओवादीले आज शुक्रबारदेखि सदन र सडकमा एकसाथ आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला बिहीबार बसेको २२ दलको बैठकले सो निष्कर्षनिकालेको हो। प्रधानमन्त्री माधवकुमार नेपालको आहवानमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ अबेरसम्म बसेको सो बैठकले प्रधानसेनापति प्रकरणमा राष्ट्रपति डा. रामवरण यादवले चालेको कदमका विषयमा माओवादीले संसद्मा छलफल हुनुपर्छ भनी उठाएको विषयलाई अस्वीकार गर्दै सो विषय अब उठ्न नसक्ने र त्यसबारेमा यसअघि नै टुंगो लगाइसकिएकाले माओवादीलाई बखेडा नगर्न आग्रह गर्ने निर्णयगरेको छ।संसद्को अवरोध जारी राखेमा २२ दल एक स्वरमा त्यसविरुद्ध दृढताका साथ उभिने निर्णय बैठकले गरेको छ। प्रमका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार सरकारले सहमति र संवादका लागि निरन्तर जोड दिइरहनेछ। तर, जनताको जिउधनको सुरक्षाका लागि भने आफ्नो ढंगले कदम चाल्न पछि पर्नेछैन।गत असार २२ गते भएको सहमतिको दोस्रो बुँदामा माओवादीले उठाउँदै आएको नागरिक सर्वोच्चताको विवादलाई राजनीतिक दलहरूसँग आवश्यक छलफल गरी एक महिनाभित्र सहमति कायम गर्न पहल गर्ने भनिएकाले प्रधानमन्त्रीले १५ दिनअघिदेखि पहल जारी राख्नुभएको तर माओवादीकै कारण छलफल अन्तिममा आएर भएको सल्लाहकार पन्तले आरोप लगाउनुभएको छ।
No comments:
Post a Comment