लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १८ - माओवादीले एक सय ३७ केन्द्रीय नेताको सम्पत्ति पार्टीकरण गर्ने भएको छ । केन्द्रीय समिति बैठकले नेताको 'जीवनशैली सर्वहाराकरण' गर्ने भन्दै सम्पत्ति पार्टीकरण गर्ने निर्णय शनिबार गरेको हो । यसका लागि १५ बुँदे आचारसंहितासमेत पारित गरिएको छ । केही नेताको जीवनशैली एक्कासि अकासिएको भन्दै बैठकमा चर्को आलोचना भएको थियो । 'व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्ने सम्बन्धमा आचारसंहिता बनाएका छौं,' बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले संवाददाताहरूलाई भने । केन्द्रीय समितिको संख्या ३५ जना हुँदा नेताहरूको सम्पत्ति सार्वजनिक गरिएको थियो । तर त्यसबेला थोरै नेताले मात्र सम्पत्ति पार्टीकरण गरेका थिए । हाल एक सय ३७ जना केन्द्रीय सदस्य छन् । आचारसंहितामा नेताले प्रयोग गर्दै आएका गाडी पार्टी नियन्त्रणमा लिने र सबै गाडी पार्टी कार्यालयमा राख्ने उल्लेख छ । हाल माओवादीसँग करिब सय गाडी पार्टीका विभिन्न व्यक्तिका नाममा अस्थायी दर्ता गरिएका छन् । दुई वर्षअघिको केन्द्रीय समिति बैठकले वरिष्ठ सात नेताले गाडी प्रयोग गर्न पाउने र अन्य गाडी पार्टीले नियन्त्रणमा लिने निर्णय गरे पनि व्यवहारमा लागू हुन सकेको थिएन । 'गाडी पार्टीको नियन्त्रणमा लिई सञ्चालन गर्ने निर्णय भएको छ,' एक केन्द्रीय सदस्यले भने, 'नेताहरू मोजमस्तीतिर लागे भन्ने कुरा उठेपछि यस्तो निर्णय भएको हो ।' केन्द्रीय सदस्यहरूले मोटरसाइकल चढ्न भने पाउने छन् । गाडी प्रयोग गर्नुपरेमा केन्द्रीय कार्यालयको अनुमति लिनुपर्ने आचारसंहितामा उल्लेख छ । नेताहरूले व्यक्तिगत रूपमा आर्थिक उपार्जनमा सहभागी हुन नपाउने पनि उल्लेख छ । नेताहरू कम खर्चिला हुनुका साथै हरेक तीन महिनामा आफ्नो आयव्यय पार्टीलाई पेस गर्नुपर्ने छ । 'आर्थिक चन्दा व्यक्ति विशेषले उठाउन पाइने छैन,' आचारसंहितामा भनिएको छ । त्यस्तै नेताहरू अनिवार्य रूपमा पूर्णकालीन भई शारीरिक श्रममा भाग लिनुपर्ने छ । अब माओवादी नेताले छोराछोरी विदेशमा पढाउन नपाउने पनि आचारसंहितामा उल्लेख छ । नेतालाई सहरमुखी हुन पनि आचार संहिताले बन्देज लगाएको छ । नेताहरूले निजी सम्पत्ति जोडेको विषयमा अनुसन्धान गर्न उपाध्यक्ष मोहन वैद्यको संयोजकत्वमा बैठकले आयोग गठन गरेको छ । आउँदो माघ १५ गतेदेखि माओवादीको राष्ट्रिय महाधिवेशन हुनेछ । 'महाधिवेशनको मिति टुंगो लाग्यो,' प्रवक्ता शर्माले बैठकपछि भने, 'स्थान र अवधिबारे पछि निर्णय गरिनेछ ।' उसको एकता महाधिवेशन २०४८ सालमा भएको थियो । यो अवधिमा पार्टीका दुई राष्ट्रिय सम्मेलन भएका छन् । पहिलो महाधिवेशन २०५१ मा चितवन र दोस्रो २०५७ मा भारतको पन्जाबमा भएका थिए । पार्टीमा २०६२ सालदेखि महाधिवेशन गर्नुपर्ने माग भए पनि हुन सकेको थिएन । बैठकले छ वटा कार्यनीति पारित गरेको छ । महासचिव रामबहादुर थापाले बैठकमा नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता र सर्वोच्चता, संयुक्त राष्ट्रिय सरकार र महाधिवेशन सम्पन्न गर्ने कार्यनीति तय गरेको बैठकमा जानकारी गराएका थिए । रणनीतिका रूपमा उसले जनविद्रोह वा जनआन्दोलन हुँदै जनगणतन्त्रमा जाने निर्णय गरेको छ । यसैबीच, बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहालले 'असाधारण समयमा भएको असाधारण बैठक' ले नेतृत्वको केन्द्रीकरण गरी नयाँ आधारमा पार्टीमा एकता कायम भएको बताए । 'नयाँ आधारमा एकता कायम भएको छ,' उनले बैठकमा भने, 'यसले नेपाललाई नयाँ बाटोमा लैजाने छ ।' उनले माओवादी फुटाउन चाहनेहरू असफल भएको उल्लेख गदै पार्टी विजय भएका जनाए ।

No comments:
Post a Comment