News

Aug 12, 2009

भारतले नेपाललाई रोकेको सैन्य सहयोग सुचारु गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतले नेपाललाई रोकेको सैन्य सहयोग सुचारु गर्ने भएको छ। बुधबार परराष्ट्रमन्त्री सुजाता कोइरालासँगको भेटमा भारतीय रक्षामन्त्री एके एन्टोनीले सहयोग सुचारु गर्ने बताउनुभएको हो। साउथ ब्लकमा बुधबार आधा घण्टा भएको भेटमा द्विपक्षीय हित र सुरक्षाका विषयमा गम्भीर छलफल भएको थियो। नेपाली सेनालाई दिँदै आएको प्राविधिक तालिममा वृद्धि गर्ने एन्टोनीले बताएको स्रोतको भनाइ छ। राजाको प्रत्यक्ष शासनमा भारतले रोकेको सैन्य सहयोग र तालिम सुचारु हुन लागेको हो। भारतले सेना समायोजन र व्यवस्थापनबारे पनि चासो राखेको थियो। एन्टोनीले शान्ति प्रक्रियाको जटिल विषय भन्दै उचित ढंगले अगाडि बढ्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्रमन्त्री कोइरालाले सेना समायोजनका लागि चालिएको कदम सकारात्मक दिशामा अगाडि बढिरहेको बताउनुभयो।सेनामा प्रवेशका लागि आवश्यक योग्यता चाहिने भएकाले योग्य लडाकूलाई मात्र सेनामा व्यवस्थापन गर्ने उहाँले स्पष्ट पार्नुभयो। सेनामा राजनीतिक हस्तक्षेप हुन नदिने सरकारको नीति रहेको उहाँको भनाइ थियो। भारतीय रक्षामन्त्रीले नेपालका राजनीतिक दलहरू सहमति बनाएर सेना समायोजन र व्यवस्थापनमा सफल हुने विश्वास व्यक्त गर्नुभयो।

No comments: