लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २९- विद्यार्थीहरुको चर्को दबाबका बीच त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह खारेजीको निर्णय यो वर्षका लागि फिर्ता लिएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको बैठकले यो निर्णय गरेको सहसचिव जनार्दन नेपालले जानकारी दिए। बैठकमा बिहीबारदेखि प्रमाणपत्र तह खुलाउने, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले राखेका विरोधका सबै कार्यक्रम फिर्ता हुने र १३ विद्यार्थी संगठनसहितको कार्यदल गठन गरी गृहकार्यसहित आगामी वर्ष प्रमाणपत्र तह खारेजीको निर्णय हुने सहमति भएको नेपाल विद्यार्थी संगठनका अध्यक्ष प्रदीप पौडेलले बताए।'यो विषय गरिब विद्यार्थीको भविष्यसँग जोडिएकाले सरकारले पूर्वाधार तयार गरेरमात्र खारेजीको निर्णय गर्नुपर्छ, अहिलेको सहमतिले शिक्षामा पहुँच नभएका विद्यार्थीलाई राहत भएको छ,' पौडेलले भने।अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले संघर्षका सबै कार्यक्रम फिर्ता लिएको बताए। 'सरकारले विद्यार्थीको पक्षमा निर्णय गरेर शिक्षामा पहुँच नभएकाका लागि बाटो खोलेको छ,' उनले भने।विद्यार्थीको समस्यालाई ध्यानमा राखेर प्रमाणपत्र तहलाई निरन्तरतता दिने निर्णय भएको सहसचिव नेपालले बताए।त्रिविको प्रमाणपत्र खारेजीको निर्णयविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले बुधबार उपत्यकाका सबै प्लस टु बन्द गराएका थिए। बन्द अवज्ञा गर्दै खुलेका केही प्लस टुहरूमा अखिल क्रान्तिकारीले तोडफोड गरी क्षति पुर्याएका छन्।
शिक्षाविद् तीर्थ खनियाँले ५० वर्षदेखि त्रिविले सञ्चालन गर्दै आएको प्रमाणपत्र तह आवश्यक पूर्वाधारबिना खारेजको निर्णय गर्नु उपयुक्त नभएको बताए।
शिक्षाविद् तीर्थ खनियाँले ५० वर्षदेखि त्रिविले सञ्चालन गर्दै आएको प्रमाणपत्र तह आवश्यक पूर्वाधारबिना खारेजको निर्णय गर्नु उपयुक्त नभएको बताए।
No comments:
Post a Comment