लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ३२ - राजधानीका अघिकांश निजी पेट्रोलपम्प अकस्मात् बन्द भएका छन् । पम्पमा कार्यरत मजदुरले व्यवसायीले आफ्ना मागको वास्ता नगरेको भन्दै पम्प बन्द गराएका हुन् । साझा, सेना, प्रहरीलगायतका सरकारी पम्प बिदाका दिन नखु्रल्ने भएकाले शनिबार राजधानीका कुनै पनि पम्पमा तेलको बिक्रीवितरण भएन । सवारीसाधन लिएर इन्धन भर्न पम्प पुग्ने उपभोक्ता दिनभरि निराश देखिन्थे । राजधानीमा सञ्चालित १ सय १५ पेट्रोलपम्पमध्ये पाँचवटाले बिहान केही समय इन्धन वितरण गरेका थिए तर तिनीहरूले पनि दिउँसो सुरक्षाको कारण देखाउँदै वितरण बन्द गरेका थिए ।
काठमाडौंका ८५ मध्ये ३ र भक्तपुरका १४ मध्ये दुईले बिहान केही समय पम्प खुला गरेका थिए । ललितपुर जिल्लाका १८ पम्प दिनभरि नै बन्द रहे । मजदुर र पम्प व्यवसायीबीच शनिबार कुनै सहमति नभए आइतबार सरकारी पम्पहरूमा तेल भर्नेको ठूलो लाइन लाग्ने अनुमान गरिएको छ ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले वार्ताको सहज वातावरणका लागि आपूर्तिमा व्यवधान नपुर्याउन मजदुर युनियनलाई आह्वान गरेको छ । एसोसिएसनले आइतबार श्रममन्त्रालयमा ११ बजे हुने वार्ताबाट मजदुरका माग सम्बोधन हुने अपेक्षासमेत गरेको छ । 'मजदुर र व्यवसायीबीच पारिवारिक सम्बन्ध छ, पम्पमा सबै काम र लेखाजोखा उहाँहरूले नै गर्ने हो, अहिलेसम्म कुनै समस्या देखिएको छैन, सम्भवतः आइतबार हुने वार्ताबाट सबै समस्या समाधान हुन्छ,' एसोसिएसनका एक अधिकारीले भने ।
पेट्रोलियम मजदुर युनियनले विगत दुई वर्षदेखि पेट्रोलियम व्यवसायी संघ समक्ष नियुक्तिपत्र, न्यूनतम वेतन, बिमालगायतका १५ सूत्रीय माग राख्दै आएको थियो । एसोसिएसनले भने सहमतिविपरीत अकस्मात् बिनासूचना बलजफ्ती उपत्यकाभरिका पेट्रोलियम पदार्थ आपूर्तिमा व्यवधान सिर्जना गरेकामा विज्ञप्ति प्रकाशन गरी आपत्ति जनाउँदै भत्र्सनासमेत गरेको छ । आफूखुसी पम्प अकस्मात् जबरजस्ती बन्द गराउँदै हिँडेको अभियोगमा प्रहरीले २२ जना र दुईवटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
मजदुर संगठनले पक्राउ परेका कालिमाटी ट्रेड युनियन महासंघसँग आबद्ध पेट्रोलियम मजदुर युनियन केन्द्रीय कमिटीका सचिव राजु शाहीलगायतका थिए । 'आइतबार दुवै पक्ष वार्तामा बस्ने भएपछि पक्राउ गरिएकालाई रिहा गरिएको छ,' काठमाडौं प्रहरी प्रमुख नवराज सिलवालले भने । 'मजदुर युनियनका मागप्रति विभिन्न चरणमा वार्ता भई समस्या समाधानको पहल भइरहेको अवस्थामा श्रममन्त्रालयमा कुराकानीका लागि बोलाउँदा व्यवसायी नगई उल्टै मजदुरविरुद्ध दमनमा उत्रिएको विरोधमा काम बन्द गरी आन्दोलनमा उत्रन बाध्य हुनुपरेको' दाबी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष दिल्लीबहादुर रानाको छ । श्रम ऐनमा उल्लेखित मजदुरका जायज मागलाई पूरा गर्नुको सट्टा व्यवसायीले प्रहरी दमनको सहयोग लिएको भन्दै यातायात स्वतन्त्र मजदुर संगठन र टे्रड युनियन महासंघले विज्ञप्ति जारी गर्दै पक्राउ परेकालाई तत्काल रिहा गरी जायज माग तत्काल पूरा नगरिए देशभरका यातायात मजदुर आन्दोलनमा उत्रन चेतावनी दिएको छ । आयल निगमले बीस वर्ष पुराना ट्यांकर हटाउने निर्णय लिएपछि पेट्रोलपम्पका मालिकले कर्मचारीलाई नियुक्तिपत्र लगायतका सुविधा दिने सर्तमा सरकारकाविरुद्ध उतारेको थियो । आफूहरूले गरेको आन्दोलनका कारण व्यवसायीका माग पूरा भएको तर आफ्ना मागप्रति भने बेवास्ता गरेका कारण यो स्थिति आएको सम्बद्ध मजदुरको भनाइ छ ।

No comments:
Post a Comment