News

Aug 15, 2009

साहरुख खान न्युयोर्क विमानस्थलमा दुई घन्टा गिरफ्तारीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई/ सुपर स्टार साहरुख खान शनिबार बिहान अमेरिकाको न्युयोर्क विमानस्थलमा करिब दुई घन्टा गिरफ्तारीमा परेका छन् । खानको थर सामान्य मानिसको जस्तै भएकाले आप्रवासन अधिकारीले उनलाई गिरफ्तार गरेको बताइएको छ । खान दक्षिण एसियालीहरूले आयोजना गरेको कार्यक्रममा सम्मानित अतिथिका रूपमा सहभागी हुन अमेरिका पुगेका हुन् । उनी कांग्रेस विधायक राजीव शुक्लाले अमेरिकी प्रशासन र भारतीय कन्सुलेटसँग कुराकानी गरेपछि थुनामुक्त भएका थिए । अभिनेता खानको नाम कम्प्युटरमा आएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । उनलाई भ्रमणको उद्देश्यबारे थुप्रै प्रश्न सोध्नुका साथै हातेझोलाको पनि निरीक्षण गरिएको थियो । करिब एक घन्टासम्म उनलाई फोन गर्नसमेत रोक लगाइएको बताइएको छ । 'मैले तिनीहरूसँग आफू चलचित्रकर्मी भएको र हालसालै मात्र पनि सुटिङको क्रममा अमेरिकाको भ्रमण गरेको बताएको थिएँ । तर, आप्रवासन अधिकारीलाई केही गरे पनि सम्झाउन सकिएन । त्यहाँ अन्य आप्रवासन अधिकारी पनि थिए जसले मेरो रसिद पनि काटेका थिए, तर ती एकजना अधिकारी कसैको केही कुरा पनि सुन्न तयार भएनन् । मैले उनीहरूलाई आफूसँग दक्षिण एसियालीहरूको निमन्त्रणापत्र रहेको र कार्यक्रममा सहभागी हुनका लागि आएको पनि बताएँ,' बलिउडका वादशाह मानिएका खानले गुनासो गरे । साहरुख अगस्ट १८ मा भारत र्फकनेछन् । खानलाई छुटाउन पुगेका विधायक शुक्लाले आप्रवासन अधिकारीको यसप्रकारको व्यवहारको भत्र्सना गरे । 'सामान्य थर भएका मुस्लिमलाई शंकास्पद ढंगले हेरिनु र उनीहरू आतंकवादी नै हुन्छन् भन्नु ठीक होइन, प्रशासनको यस्तो काम अन्यायपूर्ण छ,' शुक्लाले भने, 'अमेरिकी प्रशासनले साहरूख र एपिजे अब्दुल कलामजस्ता व्यक्तित्वलाई कसरी व्यवहार गर्नुपर्छ भनेर सिक्नु आवश्यक छ ।'

No comments: