लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २८ नेपाली सेनाका बलाधिकृत रथी छत्रमानसिंह गुरुङले नियुक्तिको तीन दिनपछि कायम मुकायम प्रधान सेनापतिको पत्र पाएका छन्। राष्ट्रपति रामवरण यादवले नियुक्तिमा सदर गरेपछि गुरुङले बुधबार रक्षा मन्त्रालयबाट कायम मुकायम प्रधानसेनापति नियुक्तिको पत्र पाएका हुन्। आइतबार मन्त्रिपरिषदको बैठकले गुरुङलाई कामु दिने निर्णय गरेको थियो। मन्त्रिपरिषदले कामु दिने निर्णय गरेपछि राष्ट्रपति कार्यालयले सेनाको नेतृत्वको विषयमा सरकारी निर्णयमा चासो देखाएको थियो।राष्ट्रपति कार्यालयको चासो कै कारण गुरुङलाई कामु नियुक्तिको पत्र दिन ढिलाई भएको रक्षा मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ। कामु नियुक्तिमा राष्ट्रपतिको भूमिका के कस्तो रहने भन्ने स्पष्ट कानुनी व्यवस्था अभावमा उनलाई नियुक्तिपत्र दिन ढिलाई भएको थियो।"मन्त्रिपरिषदको निर्णय राष्ट्रपति कार्यालयमा मंगलबार आएको थियो," राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, "राष्ट्रपतिले सदर गरेर पठाउनुभएको थियो।"रक्षा मन्त्रालयले प्रधान सेनापति रुक्माङद कटवालको गत आइतबारदेखि लिएको बिदा स्वीकृत गरेको थियो। रक्षाको बिदा स्वीकृतपछि गुरुङले सोही दिनदेखि कार्यभार सम्हाल्दै आएका छन्।माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति कटवाललाई हटाई पूर्व वलाध्यक्ष रथी कुलबहादुर खड्कालाई दिएको कायममुकायम सेनापतिलाई राष्ट्रपति यादवले अस्वीकार गरेका थिए।
No comments:
Post a Comment