लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गाईवस्तुलाई त वेला-वेलामा फुकाइन्छ, तर एक मानिसलाई १४ वर्षसम्म निरन्तर बाँधेर राख्दा कस्तो होला ? यो पीडा भोगिरहेका छन्, मानसिक असन्तुलन भएका रोमलाल उपाध्याय ।घरको दलानमा साङ्लोले बाँधेर राख्नु रोमलाल परिवारको रहर होइन, बाध्यता हो । गुल्मीको घमिर गाविस- १ अर्चेङ गाउँका ४५ वर्षीय मानसिक रोगी रोमलाललाई उपचार गर्ने पैसा नभएपछि १४ वर्षदेखि साङ्लोमा बाँधेर राखिएको हो । परिवारको आर्थिक अवस्था साह्रै कमजोर भएकाले अस्पतालमा उपचार गराउन नसकेको परिवारजनको भनाइ छ ।रोमलालले ०५० सालदेखि मानसिक सन्तुलन गुमाएका हुन् । चरम गरिबीका कारण कलिलै उमेरमा भारतको नागाल्यान्ड पुगेका रोमलाललाई मजदुरी गरिरहेकै वेला त्यहाँका नागाहरूले मरणासन्न हुनेगरी पिटेका थिए । मर्यो भनेर नालीमा फ्याँकिएका उनलाई नेपालीहरूले भेट्टाएर ६ महिना त्यहीँ उपचार गराई घर फर्काएको उनकी ४४ वर्षीया श्रीमती गोमताले बताइन् । उक्त पिटाइबाट टाउकोमा ठूलो असर परेर ०५० सालदेखि मानसिक सन्तुलन गुमाएका रोमलाल अहिलेसम्म निको हुन सकेका छैनन् ।'धामी-झाँक्री, झारफुक सबै गरियो,' गोमताले भनिन्, 'खेतबारी बेचेरै नौवटा बोका, १४ वटा कुखुरा, अनगिन्ती परेवा जुटाएर झारफुक गराएँ, तर सन्चो भएन ।'आफू र छोराछोरीलाई समेत पिट्ने, झम्टिने र घरमै आगो लगाइदिने गरेकाले सबैको सल्लाहमा साङ्लोमा बाँधेर राख्न थालिएको हो । श्रीमती गोमताले भनिन्, 'के गर्नु छाडिदिउँ त कसैको ज्यान लिन्छन् कि भन्ने डर, उहाँको त्यो हालत देख्दादेख्दै पनि बाँधेर राख्न बाध्य भइयो ।'झारफुकले नपुगेपछि उनलाई भारतको लखनऊ, गोरखपुर नेपालको भैरहवा, काठमाडौं पनि लगेको, तर धेरै दिन राख्ने र उपचार गर्ने पैसा नभएपछि फर्काइएको उनले बताइन् ।२० वर्षअघि उनीहरूको विवाह भएको थियो । पाँच वर्षजति सामान्य दाम्पत्य जीवन बिताएको र त्यसपछि हालसम्म श्रीमान्को फलामेसाङ्लोभन्दा बढी बन्धन यातना र पीडा आफूले भोग्दै आएको गोमता बताउँछिन् । छोरा कमललाई पढाएर ठूलो मान्छे बनाउन सके श्रीमान्को उपचार र आफूले पनि सुखको सास फेर्न पाउने ठूलो सपना थियो उनको । तर, सात कक्षा पढ्दै गरेका कमललाई दुई महिनाअघि स्कुल छुटाएर दिल्लीमा मजदुरी गर्न पठाउन उनी बाध्य बनिन् । १५ वर्षीय माहिलो छोरा घनश्याम र १३ वर्षीया छोरीलाई पनि उनले अब स्कुल छुटाएर मजदुरी गर्न पठाउनुपर्ने अवस्था आइलागेको छ ।'चुनावताका त झन् थुपै्र दलका नेता र कार्यकर्ता आएर सहयोग गर्ने आश्वासन दिए । तर आजकाल कसैले फर्केर हेरेका छैनन', उनले गुनासो गरिन् ।

No comments:
Post a Comment