लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १९ - सरकारले आफूलाई अपमान गरेको भन्दै प्रमुख सचिव उमेश मैनालीले सोमबार पदबाट राजीनामा दिएका छन् ।सरकारले डेढ साता अघि मैनालीलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेपनि उक्त व्यहोराको पत्र हालसम्म प्राप्त नभएकाले राष्ट्रसेवक कर्मचारीको अपमान भएको भन्दै राजीनामा दिएको उनले बताए ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान मुख्य सचिव माधव घिमिरेलाई उनले राजीनामा बुझाएका हुन् ।बढुवा भए/नभएको बारे अहिलेसम्म द्विविधा रहेकाले आफू तनावमा भएको भन्दै उनले सरोकारवालासगको छलफलपछि राजीनामा दिने निष्कर्षा पुगेको बताए ।सरकारले माधव घिमिरेलाई मुख्य सचिवमा बढुवा गरी मैनालीलाई बातावरण मन्त्रालयबाट राष्ट्रपतिको कार्यालय पठाउने निर्णय गरेको थियो । अन्तिम समयसम्म मैनालीलाई मुख्य सचिव बनाउनुपर्ने कांग्रेसको अडानमा प्रधानमन्त्री माधवकुमार नेपालले असहमति जनाएपछि सरकारले मुख्य सचिव सरहको सुविधा दिएर मैनालीलाई राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको थियो ।सरकारले सोही समय बढुवा गरेको अन्य २२ जना सचिवहरुको पदस्थापन गर्न सकेको छैन् ।

No comments:
Post a Comment