News

Dec 20, 2008

नवजात शिशुको दिमागमा मसिनो खुट्टा फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी शल्यचिकित्सकले नवजात शिशुको दिमागमा मसिनो खुट्टा फेला पारेका छन् । उनीहरूले एमआरआई स्क्यानमार्फत बालक सम एकवालको दिमागमा मसिनो ट्युमर रहेको यकिन गरेका हुन् । त्यसलाई बढ्नबाट रोक्न शल्यक्रिया गर्दा चिकित्सकले लगभग दुरुस्त खुट्टा र सामान्य आकार मात्रको अर्को खुट्टा, एउटा हात, एउटा तिघ्रासमेत फेला पारे । जुम्ल्याहा बन्ने क्रममा 'भ्रुणमा भु्रण' बनेको हुन सक्ने चिकित्सकहरूको अनुमान छ । यद्यपि, दिमागमा यस किसिमको ट्युमर हुनु निकै दुर्लभ भएको उनीहरू बताउँछन् । यो एक किसिमको जन्मजात रूपमा हुने ब्रेन ट्युमर हो । तर, दिमागमा हुने यस प्रकारको ट्युमरको विकास हात र खुट्टाको भन्दा कम कठिन हुने बताइएको छ । यस प्रकारको अस्वस्थतामा पनि बालक स्वस्थ रहेको न्युरो सर्जन डा. पाउल ग्रयाबले बताए । 'त्यो क्षण बच्चा जन्मेकै जस्तो थियो, तर दिमागबाट,' उनले भने, 'यस्तो पूर्ण विकसित स्वरूप वास्तवमै विशेष, अप्राकृतिक र कहिल्यै सुनेको पनि थिइनँ ।' समका अभिभावक टिफ्नी र म्यानियुयल एक्युवेलले उनीहरूको छोरा घरमै रहेको बताए । 'महिनैपिच्छे क्यान्सरको लक्षण वा फेरि त्यस्तो ट्युमर पलायो कि भनेर रगत-परीक्षण गराइरहेका छौँ,' टिफ्नीले भनिन् । अप्रेसनपछि बच्चाको स्वास्थ्य सामान्य बन्दै गएको उनीहरूले बताए । 'दाग नदेखिएको भए के भयो भन्ने पनि थाहा हुन्नथ्यो,' टिपनीले भनिन् । लन्डनस्थित 'ग्रेट अर्मन्ड स्टि्रट हस्पिटल'का विशेषज्ञ न्युरो सर्जन डोमेनिक थोम्सनले 'भ्रुणमा भ्रुण' भएको घटना चिकित्सा विज्ञानमा सयभन्दा पनि थोरै रहेको बताए । यस्तो ट्युमर 'टेराटोमा'को प्रकार हुन सक्ने उनले आशंका गरे । मांसपेसी र बोसोले बनेको यस्ता तन्तुमध्ये केहीमा हाड र दाँत पनि हुन सक्ने पनि थोम्सनले बताए ।

No comments: