News

Dec 21, 2008

तीस वर्ष अनुभवी पाइलट अयोग्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ तीस वर्षदेखि हवाइजहाज उडाइरहेका एकजना अनुभवी पाइलट कुहिरोमा विमान अवतरण गर्न अयोग्य मानिएका छन् । पेरिसको प्रसिद्ध चाल्र्स देगाल विमानस्थलमा अवतरण गर्नु केही मिनेटअघि उनलाई कुहिरोमा विमान अवतरण गर्न अयोग्य भएकाले जबर्जस्ती फिर्ता हुन भनिएको कुरा सञ्चार माध्यमले बताएका छन् । बि्रटिस फ्लाइब एअरलाइन्सको यात्रुवाहक विमान कुहिरोले डम्म ढाकेको पेरिसको चाल्र्स देगाल विमानस्थलमा अवतरण गर्न नपाउँदै फक्र्यो । र्फकने वेला विमान चालकले यात्रुलाई 'म विमान अवतरण गर्न अयोग्य भएँ,' भन्ने जनाउ दिएका थिए । विमान कम्पनीकी प्रवक्ताले चालकले ३० वर्षसम्म विभिन्न हवाई कम्पनीका जहाजहरूको व्यापारिक उडानमा अनुभव हासिल गरेको बताइन् । उनी भर्खरै 'टाइप रेटिङ' मा क्यू-३०० वमवर्षकबाट क्यू-४०० मा सरुवा भएको र चाल्र्स देगाल विमानस्थलमा अनुभव गरिएजस्तो घना कुहिरोमा अवतरण गर्न चाहिने कम-दृष्टिमा विमान अवतरण गर्नेसम्बन्धी तालिम पूरा गर्न बाँकी नै रहेको बताइन् । 'त्यसो हुनाले क्याप्टेनले ठीक ढंगले विमान फर्काएर कार्डिफतर्फ मोडे र कम्पनीले शतप्रतिशत सही निर्णय लियो,' प्रवक्ताले भनिन् । नागरिक उड्डयन प्राधिकरणले यस घटनालाई 'सम्भवतः कहिल्यै नसुनिएको तथा असामान्य' भनी टिप्पणी गरेको छ । एकजना प्रवक्ताले विमानचालकले सुरुमा त्यस प्रकारको अवस्थामा अवतरण गर्न सक्छु भन्ठानेको अनुमान गरेका छन् । उनी भन्छन्, 'विमान विभिन्न खालका हुन्छन्, कुनै विमानलाई नयाँ तुल्याउँदा पुरानो प्रकारको विमान उडाउने गरेका विमान चालकले पूरै तालिम फेरि लिनुपर्ने हुन्छ ।'

No comments: