News

Dec 20, 2008

राजकुमार आङ्देम्बे 'माङ्तोक्'लाई सरकारले शाहीद घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत जातीय ऐतिहासिक प्रिष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यको सुनिष्चितताको माग गर्दै सञ्चालन गरिएको शान्तिपूर्ण आन्दोलनमा सशस्त्र प्रहरीको गोली प्रहारबाट हत्या गरिएका राजकुमार आङ्देम्बे 'माङ्तोक्'लाई सरकारले बल्ल शाहीदसम्म घोषणा गरेको छ। देश संघीय संरचनामा जानु हुन्छ या हुँदैन भनेर केवल बहस मात्र भईरहेको बेला एकात्मक केन्द्रिक्रित राज्यसत्ता र राजतन्त्रको समूल अन्त्य गरी जातिहरूको ऐतिहासिक प्रिश्ठभूमी, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान, खम्बुवान, तमाङसालीङ, र थरुहटलगायतका स्वायत्त गणराज्यहरुको संवैधनिक सुनिष्चितता आदीको माग गर्दै लिम्बुवानदेखी थरुहटसम्म राष्ट्रिय मुक्ती आन्दोलन सञ्चालन गरिएको थियो। हाल नेपालका आदिवासी जनजातिहरुको हितमा वकालत र आन्दोलन गर्ने सबैभन्दा ठुलो राजनीतिक दलको रुपमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, तमाङसालिङ स्वायत्त राज्य परीषद र संयुक्त्त थारु राष्ट्रिय मोर्चा (थरुहट स्वायत्त राज्य परिषद)लगायतका राजनीतिक संगठन्हरुको मोर्चा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको रुपमा मोर्चवद्ध भई उक्त्त आन्दोलन गरिएको थियो। मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको तर्फबाट २०६४ असोज १६ गतेदेखि आव्हान गरिएको अनिश्चितकालिन आमहडतालका क्रममा असओज २० गते झापा जिल्ला प्रशासनले जारी गरेको कर्फ्यू आदेश बवजुत पनि आन्दोलन गर्नेक्रममा प्रहरीको गोली लागी केर्खापूर्व कमल खोलामा शाहीद 'माङ्तोक' को मृत्यू भएको थियो । चुलाचुली १, ईलाम लिम्बुवान निवासी शाहीद माङ्तोकका बुवा, आमा, श्रीमती सुनमाया र एक छोरी मेन्छिगेन छन। अर्को आन्दोलनअकै बलले २०६४ फागुन १८ गते नेपाल सरकार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध राज्य पेरिसदहरु आवद्ध संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबीच भएको ५ बुंदे शाहअंअती अनुसार तुरुन्तै राजकुमार आङ्देम्बे 'मङ्तोक्'लाई शाहीद घोषणा गरी आश्रित परिवारलाई १० लाख आर्थिक शाहायता दिने शाहमती भएको थियो। साथै, संविधान सभाको निर्वाचनपष्चात लिम्बुवान, खम्बुवान, तमाङसालिङ र थरुहटलगायतका गणराज्यहरूको संवैधानिक सुनिश्चितता गर्नेसमेत शाहमती भएको थियो। यसर्थ, जायज माग र आन्दोलनमा रहेका जनतालाई मार्दै शाहीद घोषणा गर्नुले मात्र शाहीदको सपना र आन्दोलनको लक्ष्य साकार हुने छैन। मङ्तोकलाई शाहीद घोषणासंगै लिम्बुवान, खम्बुवान, तमाङसालीङ र थरुहटलगायतका स्वायत्त राज्यहरुको स्थापना र बिकासले मात्र सहीदको वास्तवीक सपना साकार हुनेछ। यसका लागि अहिले पनि थाप सशक्त्त संघर्ष र आन्दोलनको विकल्प छैन।

No comments: