News

Dec 18, 2008

लिम्वुवान राष्ट्रिय मोर्चाको प्रेस विज्ञप्ती

केही समय अघि किरात रार्इ यायोख्खाद्वारा लिम्वुवान क्षेत्रलाई किरात राज्यमा रहनुपर्ने सामन्तवादी विचार ल्याएको अवस्थामा पून रार्इ यायोख्खाको सदस्य सरकारी मन्त्री गोपाल रार्इले संघात्मक राज्यको खाका वाहिर ल्याएका छन् । यसमा लिम्वुवान स्वीकार गरितापनि कोचिला र हिमाली राज्यको उल्लेख भएर आएको छ । हिमाल र कोचिला भन्नेहरु सिस्वा, संखुवा, अरुणहुदै सप्तकोशी पूर्व, मेची पश्चिम, तिव्वत दक्षिण र भारत उत्तर विचको भूभाग वाहिर हो भने त्यहा प्रतिक्रिया नहुन सक्छ । यदि यो भूभागभित्र षडयन्त्रपूर्वक ढंगले हिमाली र कोचिला राज्यहरु निर्माण गर्न खोजिएको हो भने लिम्वुवान राष्ट्रिय मोर्चा यसको असमर्थन गर्दै जोडदार विरोध गर्दछ । हामीले वारम्वर स्मरण गराउदै तथा प्रस्ट्याउदै आएको कुरा पनि हो कि माथि उल्लेखित भूभाग इतिहासदेखि लिम्वुवान थियो र वर्तमान देखि भविष्य सम्मनै लिम्वुवान रहनु पर्दछ । यसको साथै गत वर्षअन्तरिम सरकार र लिम्वुवान विच भएको सम्झौता अनुसार सरकारले राज्य पूनसंरचना आयोगमा लिम्वुवानको प्रतिनिधित्व राख्ने सवालमा चाडो कार्यन्वयन गर्न गराउन जानकारी गराउदछौं ।
अध्यक्ष
दिल पालुङवा लिम्वु
महासचिव
अविचन्द्र र्इङनाम
लिम्वुवान राष्ट्रिय मोर्चा

No comments: