News

Dec 19, 2008

बेपत्ता नागरिकहरुको छानविनका लागि वन्ने आयोग संवैधानिक हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता नागरिकहरुको छानविनका लागि वन्ने आयोग संवैधानिक हैसियतको हुने बताउनु भएको छ । राष्ट्रसंघीय मानवअधिकार उच्चयुक्तको नेपाल प्रमुख रिचर्ड बेनटसंग आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले वेपत्ता छानविन आयोगको गठन सम्वन्धी विधेयक छिट्टै सदनवाट पारित गरिने वताउनु पनि भयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माका अनुसार प्रधानमन्त्रीले मानवअधिकारको संरक्षणमा सरकार प्रतिवद्ध रहेको पनि वताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले वेपत्ताहरु सम्वन्धी शक्तिशाली आयोगको प्रतिवेदनका आधारमा सरकारले काम कारवाहि अगाडि वनाउनेमा वेनेटलाई आश्वास्त पार्नु भएको थियो । भेटमा वेनेटले आयोगको नेपाल कार्यालयले वदिर्याका वेपत्ताहरुको विषयमा गरेको अध्ययनको प्रतिवेदन वुझाउनु भएको छ । उच्चायुक्त कार्यालय श्रोतका अनुसार प्रतिवेदनमा द्धन्द्धकालमा वेपत्ता वनाइएकाहरुको अवस्था र्सार्वजनिक गर्न सरकारले उदासिनता देखाइएकोमा चिन्ता पनि व्यक्त गरिएको छ ।

No comments: