News

Dec 20, 2008

लिम्बुवान कार्यकर्ताद्वारा ट्रकमा आगजनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै आज बिहान धरानबाट धनकुटा जाँदै गरेको एउटा मालबहाक ट्रकमा आगो लगाएका छन् । धनकुटाका लागि छुटेका ना २ ख ४५७० नम्बरको ट्रकमा बिहान ७ बजे भेडेटार नजिक मन्चका कार्यकर्ताहरुले आगो लगाएका हुन् । आगोबाट ट्रक जलेर पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।बन्दका कारण आज पनि कोशी राजमार्गको धरान धनकुटा र इटहरी पुर्वमा यातायात संचालन हुन सकेको छैन ।सुनसरीको इटहरी पश्चिम र बिराटनगर तर्फको यातायात सुचारु भए पनि अन्यत्र गाडि नचलेको पुर्व क्षेत्र प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । हिजोदेखि दुई दिने यातायात बन्द आव्हान गरेको सो समुहले भोलिदेखि अनिश्चितकालिन लिम्बूवान बन्दको घोषणा गरेको छ ।मंसिर २९ र ३० गते सुनसरीको पाचकन्याबाट अबैद्य कर उठाउदै गरेका ७ जना कार्यक्रता पक्राउ गरेको बिरोधमा मञ्चले बन्दको आहृवान गरेको थियो ।

No comments: