News

Dec 22, 2008

नेपाली तारा दिपक लिम्बुलाई सम्मान दक्षिण कोरियामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण कोरियामा पाल्नु भएका नेपाली सुप्रसिद्ध गायक नेपाली तारा दिपक लिम्बुलाई किरांत याक्थुम चुम्लुड सम्पर्क समितिले हिजो भएको नेपाली
सांस्कृतिक कार्यक्रममा सम्मान गरिएको छ । सम्मान कार्यक्रममा किरांत याक्थुम चुम्लुड सम्पर्क समितिका अध्यक्ष नारद लिम्बुले सम्मानपत्रको साथै उपहार हस्तान्तरण गर्नु भएको थियो । सम्मानको क्रममा अध्यक्ष लिम्बुले नेपाली तारा दिपक लिम्बुको मिठो स्वर र गायनको प्रसंसा गर्दे नेपाली र नेपालीको गौरवलाई अझ उच्च बनाउन सक्ने विश्वस्त रहेको बताउदै सम्मान कार्यक्रमको लागी समय दिएकोमा आयोजक टोलीलाई धन्यवाद दिनु भयो । त्यस्तै नेपाली तारा लिम्बुले किरांत याक्थुम चुम्लुड सम्पर्क समितिको यो सम्मानलाई जिवनको अन्त सम्म नभुल्ने विचार व्‍यक्त गर्दे आगामी दिनहरुमा पनि अझ बढी माया ममता र स्नेहको कामना गर्नु भयो । स्मरणीय छ सुप्रसिद्ध गायक नेपाली तारा दिपक लिम्बु आगामी २००९ मा राप्ती सम्पर्क मंच द्धारा आयोजित राप्ती झंन्कार सांस्कृतिक कार्यक्रममा पुन दक्षिण कोरिया आउनु हुने छ ।

No comments: