News

Dec 21, 2008

अभिनेत्री झाङ जियीलाई 'चीनका सुन्दर व्यक्तिहरूको सूची'मा पहिलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सञ्चार गृहले सिने अभिनेत्री झाङ जियीलाई 'चीनका सबैभन्दा सुन्दर व्यक्तिहरूको सूची'मा पहिलो स्थानमा राखेको छ । बेजिङ न्युजद्वारा आयोजित चौथो वाषिर्क कार्यक्रममा सो सञ्चार गृहले आफ्नो शुक्रबारे संस्करणमा सो घोषणा गरेको हो । 'झाङले 'क्राउचिङ टाइगर, हिडन डा्रगन' र गेइसाको सम्झना शीर्षकका फिल्ममा आंशिक रूपमा खेलिन् किनभने मे १२ मा सिंचुआनमा गएको भूकम्पबाट बचेका नागरिकको सहयोगार्थ उनले विदेशमा कोष संकलन गर्नुपरेको थियो,' निर्णायक हाई यानले भने । हाई यान नाटककार र टेलिभिजन कार्यक्रमका उत्पादक हुन् । क्यानस सिने उत्सवमा उत्कृष्ट अभिनेताका रूपमा पुरस्कृत टोनी ल्युङ चिउ-वाई सो सूचीको दोस्रो स्थानमा छन् । उनी हङकङ निवासी हुन् । ओलम्पिक गोताखोर च्याम्पियन गुओ जिङजिङ, मार्सल आर्ट स्टार जेट ली, र अमेरिकी आइडलको चिनियाँ संस्करण मानिएको सुपर गर्ल गायन प्रतियोगितामा नाम राखेकी ल्यु युचुन आदि पनि ५० सर्वाधिक सुन्दर व्यक्तिमध्ये परेका छन् ।

No comments: