News

Dec 19, 2008

कण्डम बेच्न महिलाद्वारा घुम्ती पसल सञ्चालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महिलाहरू लजालु स्वभावका हुनु स्वाभाविक मानिए पनि एक महिलाले पुरुषले प्रयोगमा ल्याउने 'कण्डम' को घुम्ती पसल खोलेकी छिन् ।धनगढी नगरपालिका, वडा नं. १ की विस्ना नेपालीले नेपाल सिआरएस कम्पनी र थागिल नामक गैरसरकारी संस्थाको सहयोगमा यो पसल सञ्चालन गरेकी हुन् । स्थानीय बजारका चोक, गल्ली र सार्वजनिकस्थलमा देखिने यो घुम्ती पसलबाट सुरक्षित यौनसम्पर्कका लागि अहिलेसम्म सयौं व्यक्तिलाई कण्डम बिक्री वितरण भएको मात्र नभई पसलको आम्दानीबाट स्वयं पसलसञ्चालिका नेपालीको पनि जीविकोपार्जन गर्न सहज भएको छ । 'दैनिक रू.३००।- देखि रू.४००।- सम्मको कण्डम बिक्री हुन्छ, यसै पेसाबाट खान लाउन पुगेको छ ।'- नेपालीले बताइन् । 'पन्ध्र/सोह्र वर्ष उमेरका युवायुवतीदेखि लिएर ४०/४५ वर्ष उमेरका महिलापुरुष कण्डम लिन आउँछन् । यीमध्ये कतिपयले कण्डमको सिङ्गै प्याकेट (दिब्बा) उठाएर लग्छन् ।' पसल सञ्चालिका नेपालीले बताइन् ।

No comments: