News

Dec 18, 2008

पल्लो किराँतद्वारा चन्दा आतंक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चका कार्यकर्ताहरूले मोरङ जिल्लामा चन्दा उठाउन थालेका छन् । मञ्चका कार्यकर्ताहरूले जिल्लाको मधुमल्ला, टाँडी र जाँते क्षेत्रमा चन्दा उठाउन थालेको पीडितलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सम्शेर राईले बताउनुभयो । ती कार्यकर्ताले खासगरी बालुवा, गिटी तथा ढुङ्गा ढुवानी गर्ने ट्रक, टयाक्टरलगायतका सवारीका साधनहरूमा रु.१०० देखि रु.२०० सम्म कर उठाउन थालेको छ । यसैबीच मधुमल्ला गाविस वडा नं.९ कान्छीचौकमा आज ढुवानी गर्ने सवारी साधनहरूमा चन्दा उठाइरहेकै अवस्थामा मञ्चका कार्यकर्ता बताउने झापा, दमक-१ निवासी हाङ्गे राई, इलाम निवासी स्काई सुब्बा, पाँचथर निवासी रती सुब्बा, मोरङ, टाँडी निवासी साजन सुब्बा र मोरङ, मधुमल्ला निवासी मदन सुब्बालाई प्रहरीले पक्राउ गरे पनि तुरुन्त रिहा गरेको छ ।

No comments: