News

Dec 20, 2008

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न सहयोग आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयका प्रमुख रिचार्ड बेनेटले विगतको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको अवस्था र्सार्वजनिक गर्ने कार्यमा आवश्यक सहयोग पुर्‍याउन नेपाल सरकार, नेकपा (माओवादी), सुरक्षा निकायलगायत सम्बन्धित पक्षसँग आग्रह गर्नुभएको छ । उच्चायुक्तको कार्यालयले बर्दिया जिल्लामा द्वन्द्वका क्रममा भएको बेपत्तासम्बन्धी घटनाका विषयमा तयार पारेको प्रतिवेदनबारे जानकारी दिन शुत्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख बेनेटले बेपत्ता पार्ने कार्यबारे अध्ययन गर्ने जाँचबुझ आयोगको गठन, बेपत्ता पार्ने कार्यलाई अपराध ठहर तथा बेपत्ता परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षा गराउनुभयो । कुनै पनि बहानामा दण्डहीनताले प्रश्रय पाउन नहुने बताउँदै उहाँले मानवअधिकारप्रति सरकारी प्रतिबद्धता व्यवहारमा देखिनुपर्नेमा जोड दिनुभयो । आफूसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बेपत्ताहरूको स्थिति र्सार्वजनिक गर्न र मानवअधिकार रक्षका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको जानकारी पनि बेनेटले दिनुभयो । उच्चायुक्तको कार्यालयले तयार पारेको प्रतिवेदनमा सरकार तथा सरोकारवाला पक्षलाई बेपत्ताको स्थिति र्सार्वजनिक गर्न तथा पीडितपक्षलाई राहत प्रदान गर्न ४४ बुँदे सुझाव पनि दिएको छ । सशस्त्र द्वन्द्वको समाप्तिपछि युद्ध अपराधीलाई कारबाही गरिएका थुप्रै उदाहरण रहेको चर्चा गर्दै बेनेटले नेपालमा पनि मानवताविरोधी अपराधमा संलग्नहरूले उन्मुक्ति पाउन नहुने बताउनुभयो । प्रतिवेदनअनुसार बर्दिया जिल्लामा सुरक्षाकर्मीले पक्राउपछि २१२ जनालाई बलपर्ूवक बेपत्ता पारेका छन् भने बर्दियाका स्थानीयवासी तर अन्य जिल्लाबाट पक्राउपछि बेपत्ता पारिनेको सङ्ख्या १८ रहेको छ । नेकपा (माओवादी) ले २१ जनालाई बेपत्ता पारेकामा १२ जनाको हत्या गरेको माओवादीले नै स्वीकार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सोमध्ये १४ वटा घटनाको उच्चायुक्तको कार्यालय आफैले अनुसन्धान गरेको थियो । उच्चायुक्तको कार्यालयले राज्यद्वारा बेपत्ता पारिएकामध्ये १५६ वटा घटनाको आफैले अनुसन्धान गरेको जनाएको छ । बेपत्ता पारिएकामध्ये ८५ प्रतिशत थारू समुदायको रहेका र अधिकांशको उमेर १८ देखि २७ वर्षरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा बाँकेको चिसापानीमा रहेको तत्कालीन शाही नेपाली सेनाको ब्यारेक र सेनानी अजित थापा र सहसेनानी रमेश स्वाँरलाई पीडितको भनाइका आधारमा पीडकका रूपमा उल्लेख गरिएको छ ।

No comments: