News

Dec 21, 2008

मार्लिन मुनरोको अन्तिम तस्बिर लिलाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मार्लिन मुनरोको अन्तिम तस्बिरमध्ये एउटा एक लाख ४६ हजार पाँच सय अमेरिकी डलरमा लिलाम गरिएको छ । बर्ट स्टेमले खिचेको 'अन्तिम बसाइ' शीर्षक दिइएको सो तस्बिर अभिनेत्री मुनरोले १९६२ मा उनको चोला उठेकै वर्ष भोग पत्रिकालाई दिएका ३६ सटमध्येको एक हो । लियोन र माइकेला कोस्टान्टिनरको संकलनका यी तस्बिर क्रिस्टी नामक लिलामकर्ताकहाँ लिलाम बिक्रीका लागि राखिएका एक सयभन्दा बढी तस्बिरमध्येको हो । क्रिस्टीको फोटोग्राफसम्बन्धी अन्तर्राष्ट्रिय विभागका प्रमुख फिलिप गार्नरले एक वक्तव्यमा मुनरोका जादुमयी दृष्टि साँच्चिकै कालातीत छ भन्ने कुरो यसको बिक्रीले प्रमाणित गरेको छ भनेका छन् ।

No comments: