News

Dec 19, 2008

प्रधानमन्त्री प्रचण्डलाई शान्ति पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले मुलुकमा पूर्ण् रूपमा शान्ति स्थापना नभएको अवस्थामा सबै जनता सचेत हुनुपर्ने बताउनुभएको छ। यस्तो अवस्थामा जनता ढुक्कसँग बस्नु हुँदैन, कान खोल्नुपर्दछ’, डा. डिल्लीरमण रेग्मी प्रतिष्ठानद्वारा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रम प्रचण्डले भन्नुभयो- मुलुकमा शान्ति स्थापना गर्न अझै चुनौती बाँकी रहेका छन्।’डा. रेग्मीको ९६औं जन्मजयन्तीको अवसरमा आयोजित डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०६५ ग्रहण गर्दै प्रम प्रचण्डले ठूलो बलिदानपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो। उहाँले लोकतान्त्रिक गणतन्त्रलाई दिगो राख्न तोकिएकै मितिमा संविधान लेखी चुनाव सम्पन्न गराउनुपर्ने उल्लेख गर्नुभयो। शान्ति पुरस्कार लिएपछि आफूमाथि बोझ थपिएको आभास भएको बताउँदै उहाँले भन्नुभयो- ँयो मेरा लागि शान्ति स्थापना गर्ने खबरदारी हो। त्यसलाई र्सार्थक बनाउन अन्तिम समयसम्म लागिरहनेछु।’ँदलहरूबीच चाँडै सहमति गरी सेना समायोजनसम्बन्धी विशेष समितिलाई पूर्णाता दिन आफू लागिपरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दलबीचको एकताबिना मुलुकमा दिगो शान्ति र लोकतन्त्र स्थापना हुन नसक्ने जिकिर गर्नुभयो। प्रम प्रचण्डले सम्मानस्वरूप १ लाख रुपियाँ नगद र सम्मानपत्र प्राप्त गर्नुभएको थियो। प्रतिवेदनले यस वर्षो अन्तर्राष्ट्रिय शान्ति पुरस्कार अमेरिकी पूवराष्ट्रपति एवम् कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरलाई प्रदान गरेको छ। कार्यक्रममा कार्टरद्वारा पठाइएको लिखित सन्देश नेपालस्थित कार्टर सेन्टरका कन्ट्री डाइरेक्टर डारेन नान्सले वाचन गर्नुभएको थियो। नेपालमा लोकतन्त्र स्थापना गर्न एमाले नेता माधव नेपाल र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको र उहाँलाई पनि यस्तो पुरस्कारले सम्मान गर्नुपर्ने सेन्टरको पत्रमा उल्लेख छ। वाईसीएलबारे कार्टर माओवादी शन्ति प्रक्रियामा प्रतिबद्ध नरहेको अन्य दलहरूले आरोप लगाइरहेको बेला माओवादी गम्भीर हुनुपर्ने आग्रह गर्दै कार्टरले वाईसीएलको गतिविधि नियन्त्रण गर्नुपर्ने जनाउनुभएको छ। विस्तृत शान्तिसम्झौतामा विभिन्न आयोग गठन गर्ने उल्लेख गरिएको छ, तर हालसम्म कार्यान्वयन गरिएको छैन, कार्टरले पठाएको सन्देश वाचन गर्दै कन्ट्री डाइरेक्टर डारेनले भन्नुभयो। सम्मान कार्यक्रममा बोल्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधान निर्माण गर्नु सबै दलहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। शिक्षामन्त्री रेणु यादवले डा. रेग्मीको योगदानको कदर गर्दै प्रतिष्ठानको अनुसन्धान केन्द्रलाई अन्तर्राष्ट्रियस्तरमा अघि बढाउनुपर्ने बताउनुभयो। प्रतिष्ठानका अध्यक्ष डा. जंगबहादुर गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूवअध्यक्ष डा. विष्णुहरि नेपाल, जनार्दन नेपाल, विष्णुराज कार्की, भीमबहादुर अधिकारीलगायतले पनि बोल्नुभएको थियो।

No comments: