News

Dec 22, 2008

महाधिवेशनमा एमालेले तीन लाख मानिस उतार्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आगामी माघ पहिलो साता बुटवलमा हुने पार्टीको महाधिवेशनमा नेकपा एमालेले तीन लाख मानिस उतार्ने भएको छ । आठौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक भरतमोहन अधिकारीको अध्यक्षतामा बसेको वैठकमा यसबारे छलफल गरिएको पार्टीले जनाएको छ ।संयोजक अधिकारीले सम्मेलन स्थल बुटवलको स्थलगत भ्रमणको जानकारी दिँदै बुटवलमा एक गणतन्त्र स्तम्भ निर्माण गर्ने, पुस महिनाभरी प्रचार-प्रसार अभियानलाई तीव्रता दिई तीन लाख मानिस बुटवलमा ल्याइने जानकारी दिनुभयो । त्यसअवसरमा पार्टीको आठौँ महाधिवेशन समापनसम्बन्धी विभिन्न उपसमितिका संयोजक, सचिव र मूल व्यवस्थापन समितिका सदस्यहरू अमृत बोहोरा, इश्वर पोखरेल, केशव बडाल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, भीम रावल, विष्णु रिमाल र विद्या भण्डारीलगायतका पदाधिकारीहरूले कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको कार्यालय सचिव डा. भीष्मनाथ अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

No comments: