News

Dec 20, 2008

उर्जा संकटबारे श्वेतपत्र जारी हुने - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा केही महिनाभित्र ऊर्जा सङ्कट घोषणा गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको साधारणसभामा प्रधानमन्त्री दाहालले मुलुकको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी गर्न लागेको पनि जानकारी दिनुभयो ।मुलुकमा बढ्दै गइरहेको ऊर्जा सङ्कट तथा खासगरी फागुन र चैत महिनामा दैनिक १८ घण्टा हुने लोडसेडिङलाई ध्यानमा राखी ऊर्जा सङ्कट घोषणा गर्ने तयारी भएको हो-प्रधानमन्त्रीले भन्नुभयो । सभामा परिसङ्घका अध्यक्ष तथा सभासद् विनोदकुमार चौधरीले मुलुकमा आर्थिक क्रान्ति गर्न कारखाना तथा राजमार्ग बन्द गर्ने प्रवृत्ति बन्द हुनुपर्ने माग गर्नुभयो ।

No comments: