News

Dec 21, 2008

नेपालमा ७० हजार व्यक्ति एचआईभी/एड्सबाट प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वमा चार करोड तथा नेपालमा ७० हजार व्यक्ति एचआईभी/एड्सबाट प्रभावित भएको अनुमान गरिएको छ । मानव शरीरमा लाग्ने विभिन्न रोगसँग प्रतिरक्षा गर्न नसकी मृत्यु हुने यस किसिमको सङ्क्रमणबाट जोगाउन र एड्सप्रभावित व्यक्तिको उपचार गर्न करोडौँ रूपैयाँ लगानीका साथ हजारौँ सङ्घसंस्था क्रियाशील भए पनि एड्सपीडितको सङ्ख्या भने बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ ।सङ्क्रमितमध्ये नेपालमा करिब ६४ हजार युवा समुदाय रहेको, मुलुकको गरिबी र धरातलीय यथार्थताका आधारमा पछिल्ला दिनमा एड्सको प्रभाव महिलामा बढी देखिन थालेको र ७०० भन्दा बढी बालबालिकामा समेत एचआइभी/एड्स देखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयले जनाएको छ ।एड्ससम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालन तथा नियन्त्रणका लागि प्रति वर्षनेपाललाई ३० मिलियन अमेरिकी डलर आवश्यक रहेको जानकारी दिँदै एचआईभी/एड्स तथा यौनरोग नियन्त्रण परिषद्का उपाध्यक्ष डा.शरद्राज वन्तले हाल प्राप्त नौ मिलियन डलरबाट मात्र लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।समाजशास्त्री वन्तले सडक, राजमार्गमा रहेका होटल, ठूला औद्योगिक क्षेत्र, सेना-प्रहरी क्याम्प, बसपार्क र सहरका अव्यवस्थित होटलछेउछाउका बस्तीमा एड्स सङ्क्रमणको सम्भावना बढी रहेको उल्लेख गर्नुभयो । जीवन निर्वाहका लागि कामका सिलसिलामा प्रत्येक वर्षभारततर्फ जाने गरिब तथा अशिक्षित पश्चिम र सुदूरपश्चिम क्षेत्र मजदुरका कारण अहिले त्यसक्षेत्र सबैभन्दा बढी एड्स प्रभावित देखिएकाले त्यर्सतर्फ राज्यको ध्यान विशेष रूपमा जानुपर्ने धारणा सरोकारवाला पक्षको छ ।

No comments: