News

Dec 17, 2008

थाइल्यान्डमा नयाँ प्रधानमन्त्री निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थाइल्यान्डमा सोमबार विपक्षी दलका पूर्वनेता अभिसित भेजाजिभा नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । थाइल्यान्डको संसद्ले भेजाजिभालाई नयाँ प्रधानमन्त्री छानेको हो । उनले सोमबार भएको संसदीय मतदानमा कूल दुई सय ५३ मध्ये एक सय ९८ मत हासिल गरे । बेलायतमा जन्मेका भेजाजिभा अर्थशास्त्री हुन् । संविधान अदालतले प्रधानमन्त्री सोमचाई वाङसावतलाई दस दिनअगाडि बर्खास्त गर्ने फैसला गरेपछि संसद्ले नयाँ प्रधानमन्त्री चुनेको हो । वाङसावतको पार्टीले गत डिसेम्बरमा भएको चुनावमा धाँधली गरेको देखिएकाले उनलाई बर्खास्त गर्ने निर्णय अदालतले गरेको हो । देशको खस्कँदो आर्थिक स्थितिलाई बलियो बनाउन राष्ट्रिय कोषको प्रयोग गरिने ४४ वषीय भेजाजिभाले बताएका छन् । तर, देशको बिग्रँदो पर्यटन व्यवसाय, वैदेशिक लगानीको कमी तथा घट्दो निर्यात नयाँ प्रधानमन्त्रीका अगाडि रहेका चुनौती हुन् । कैयौं संसद्ले क्रस-भोट गरेर उनलाई जिताएका हुन् । अबको सरकारको पहिलो काम आन्तरिक र बाह्य रूपमा देशको आर्थिक स्थिति मजबुज पार्ने राजनीतिक विश्लेषक पानितान वातानायोगोर्न बताउँछन् । उनी बैंककस्थित चुलालोङकर्न विश्वविद्यालयका प्रोफेसर हुन् । भेजाजिभाको डेमोक्रेटिक पार्टीले गत वर्षको चुनावमा ३४ प्रतिशत मत हासिल गरेको थियो । पिपुल्स एलायन्स फर डेमोक्रेसीका समर्थक, विद्यार्थीले सोमचाई सिनेवात्राका कठपुतलीलाई प्रधानमन्त्रीमा चयन गरेमा पुनः प्रदर्शन गर्ने चेतावनी दिएका थिए ।

No comments: