News

Dec 21, 2008

एसीसी क्रिकेटमा नेपालद्वारा चीन पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ए सी सी अन्डर १९ उमेन्स च्याम्पीयन्सशिप त्रिकेट अन्तर्रगत समुह चरणको अन्तिम खेलमा नेपालले चिनलाई ६६ रनले पराजित गरेको छ । १ सय २९ रनको लक्ष्य दिएको छ । चीयाङ माइ स्थीत प्रेम ओभलमा नेपालले दिएको १ सय २९ रनको लक्ष्य पछ्याइरहेको चिनले २५ ओभरमा ७ विकेट गुमाई ६२ रनमात्र बनाउन सफल भयो । नेपालका लागि बिनु बुढामगरले २ विकेट लिएकी थिइन् । यसअघि टस हारेर पहिलो ब्याटीङ्ग गरेको नेपालले २५ ओभरमा मात्र २ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । प्रतियोगितामा र्सवाधिक रन बटुलेकी माया रावतले नेपालका लागि र्सवाधिक ४२ रन बनाइन् भने सबिना कार्की १४ रन जोडी पेभिलियन फर्किन् । नेरी थापा मगर १७ र बिनु बुढामगर १५ रनमा नटआउट रहिन् । पहिलो पटक प्रतियोगितामा सहभागि भएको चिनले नेपाललाई ४० अतिरिक्त दिएको थियो । यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको समुह बी बिजेता नेपालले फाइनलमा प्रवेशका लागि ए उपबिजेता आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

No comments: