News

Aug 10, 2009

परराष्ट्रमन्त्री सुजाता नयाँदिल्लीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ साउन : परराष्ट्रमन्त्री सुजाता कोइराला प्रधानमन्त्री माधवकुमार नेपालको आसन्न भारत भ्रमणको कूटनीतिक तयारी गर्न सोमबार त्यसतर्फ लागेकी छिन् । सुजाता साढे नौ बजेको जेट एयरबाट नयाँदिल्ली प्रस्थान गरेकी हुन् । भ्रमणटोली सात सदस्यीय छ ।विमानस्थलमा सञ्चार प्रतिक्रिया दिँदै मन्त्री सुजाताले भ्रमण प्रधानमन्त्रीको भ्रमण तयारी एवं दुईपक्षीय आर्थिक तथा कूटनीतिक हितमा केन्दि्रत रहने बताइन् ।भारतीय समकक्षी एसएम कृष्णको निमन्त्रणमा भारत भ्रमण निस्केकी मन्त्री सुजाताले त्यस क्रममा दुई देशबीचको वाणिज्य सन्धि सार्कमा अध्यावधि गर्ने सहमति बनाउने कार्यक्रम छ । मन्त्री सुजाताले असमान आयात-निर्यातको दोहोरो करप्रणाली खारेजको प्रस्ताव राख्ने कार्यक्रमसमेत छ । यही सिलसिलामा नेपालको शान्तिप्रक्रिया, सीमा विवाद, बागमती नदी नियन्त्रण, कोसी तटबन्ध, पञ्चेश्वर परियोजना लगायतका विषयमा समेत छलफल हुने बुझिएको छ । दुईपक्षीय सम्बन्ध अभिवृद्धिलगायतको विषयमा पनि भ्रमणका क्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा सुजाताले प्रधानमन्त्री मनमोहन सिंह, कंग्रेस आईकी नेत्री सोनिया गान्धी, अर्थमन्त्री प्रणव मुखर्जी, समकक्षी कृष्णा, गृहमन्त्री पी चिदम्बरम, नेता लालकृष्ण आडवाणीलगायत भारतीय नेतासँग भेट्ने कार्यक्रम छ । त्यस क्रममा दुई देशबीच लगानी वृद्धिलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।भ्रमणदलमा परराष्ट्र सल्लाहकार डा. चिरञ्जीवी नेपाल, परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य, सहसचिव प्रद्युम्नविक्रम न्यौपानेलगायत छन् । भ्रमण प्रधानमन्त्री माधवकुमार नेपालको आगामी २ भदौदेखि हुने भारतको औपचारिक भ्रमणको तयारीमा केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

No comments: