News

Aug 11, 2009

सरकार र सशस्त्र चार समूहबीच वार्ता सकरात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २७ - सरकार र तराईमा सशस्त्र संघर्षरत चार समूहबीचको दोश्रो चरणको वार्ता सकरात्मक रुपमा टुंगिएको छ । सिंहदरबारस्थित शान्ति मन्त्रालयमा मंगलबार भएको वार्तामा विगतमा भएको पाच बुदे सहमति कार्यान्वयन गर्ने लगायतका सहमति भएको छ । थुनामा रहेका सशस्त्र समूहका कार्यकर्तालाई क्रमस रिहा गर्ने, मारिएका कार्यकर्तालाई सहिद घोषणा गर्न पहल गर्ने लगायतका सहमति भएको छ । दुबै पक्षबीच भदौ २१ गते पुन वार्ता गर्ने सहमति समेत भएको छ । त्यतिवेरसम्म दुबै पक्षले एक अर्का विरुद्ध हतियार नउठाउने सहमति भएको वार्तामा सहभागि जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका नेता राजीव झाले जानकारी दिए । शान्तिमन्त्री रकम चेम्जोङ सहितको सरकारी वार्ता टोली तथा मधेस मुक्ति टाइगर्स, मधेसी भाइरस किलर्स, तराई संयुक्त जनक्रान्ति पार्टी र जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका प्रतिनिधिबीच वार्ता भएको हो । माओवादी नेतृत्वको सरकारसग पहिलो चरणको वार्ता गरेका ति संगठनहरुले सोमबारदेखि दोश्रो चरणको वार्ता थालेका हुन् ।

No comments: