लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सजिवन (ज्याट्रोप) तेल डिजेलभन्दा बढी प्रभावकारी देखिएको परीक्षणकर्ताले बताएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पुनर्जागरण समाज नेपाल र हिमाल इनर्जी कन्सल्टले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक सहयोगमा सजिवन तेलबाट जेनेरेटर सञ्चालन गरी चिम बालेर गरेको परीक्षणमा सो तथ्य देखिएको हो ।११ साउनदेखि शुक्रबारसम्म क्याम्पसको ऊर्जा अध्ययन केन्द्रमा गरिएको परीक्षणबाट प्रतिलिटर विद्युत् उत्पादन समय डिजेल भन्दा सजिवन तेलमा बढी पाइएको छ । जसअनुसार, एक लिटर डिजेलबाट ४६ मिनेटसम्म २,००० वाट विद्युत् उत्पादन भयो भने सोही परिमाणको विद्युत् एक लिटर सजिवन तेल प्रयोग गर्दा ७९ मिनेटसम्म उत्पादन गर्न सकिएको जनाइएको छ ।डिजेलमा सजिवन मात्रा जति प्रतिशत बढाउँदै लग्यो, प्रतिलिटर विद्युत् उत्पादन समय पनि बढ्दै गएको पुनर्जागरण समाज नेपालका सचिव मदनबहादुर थापाले बताए । शतप्रतिशत सजिवनबाट डिजेलको तुलनामा ७१ प्रतिशतसम्म उत्पादन समय बढेको अध्ययनले देखाएको छ । खुला आँखाले देखिने प्रदूषण डिजेलको तुलनामा सजिवनमा कम पाइएको र प्राविधिक परीक्षण भने जारी रहेको आयोजकले बताएका छन् ।खेतीयोग्य नभएको ठाउँमा सजिवन रोपी त्यसको तेललाई व्यावसायिक बनाउन सकिने उनीहरूको भनाइ छ । ४ वर्षमा हुर्कने सजिवन बोटका फल पेलेर ३७ प्रतिशत तेल उत्पादन गर्न सकिन्छ । ११ सय मिटर उचाइँमा खेती हुने सजिवनको सम्भावना नेपालमा उच्च रहेको विज्ञको भनाइ छ । नेपालमा पर्याप्त फल उपलब्ध नभएकाले परीक्षणका लागि भारतबाट फल ल्याई तेल बनाइएको थियो ।

No comments:
Post a Comment