लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १८ - माओवादी सम्बद्ध वाईसीएलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक गिरीराज भण्डारी सहित आधा दर्जन कर्मचारीलाई आइतबार कुटपीट गरेका छन् ।राजीनामा दिन बालाजु औद्योगिक क्षेत्रमा पत्रकार सम्मेलन गरिरहेका बेला भ्रष्टाचार गरेको भन्दै वाईसीएल कार्यकर्ताले उनीहरुलाई कुटपीट गरेका हुन् ।घाइते भण्डारीको मोडल अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेलाई जनमैत्री अस्पताल भर्ना गरिएको छ । उद्योग मन्त्रालय अन्तर्गतको विभिन्न सरकारी संस्थान र समितिका अध्यक्ष तथा महाप्रवन्धकहरुले राजीनामा दिएका छन् ।राजीनामा दिनेहरुमा समिति महाप्रवन्धक भण्डारी, साना तथा घरेलु उद्योग विकास समितिका अध्यक्ष सरश्वती वाटी, हेटौडा सिमेन्टका अध्यक्ष वालगोपाल थापामगर, नेपाल औषधी लिमिटेड लगायत १२ वटा संस्थान तथा समितिका अध्यक्ष र महाप्रवन्धक रहेका छन् ।यसैबीच राजधानीको त्रिचन्द्र क्याम्पस प्रमुख हरीप्रसाद पराजुलीमाथि केही युवाले कार्यालयमै आक्रामण गरेका छन् । गत महिना भएको गोली काण्डमा संलग्न दुइ विद्यार्थी पक्राउ परेको भोलीपल्ट क्याम्पस प्रमुख पराजुलीमाथि आक्रमण भएको हो ।
No comments:
Post a Comment