News

Aug 1, 2009

वन क्षेत्रका क्रसर बन्द गराउन मन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १८ - निकुञ्ज तथा आरक्षको मध्यवर्ती र वन क्षेत्रमा सञ्चालित ढुंगारोडा र क्रसर कारखाना तत्काल बन्द गराउन वन तथा भूसंरक्षणमन्त्री दीपक बोहराले निर्देशन दिएका छन् ।मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एवं वन विभागका पदाधिकारीलाई मन्त्री बोहराले त्यस्तो निर्देशन दिएका हुन् । क्रसरले निकुञ्ज/आरक्ष/वनको प्राकृतिक वातावरणमा गम्भीर असर पुगेको भन्दै उनले त्यस्तो निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो ।मन्त्रालय प्रवक्ता अन्नपूणानन्द दासका अनुसार बढी क्रसर पर्सा वन्यजन्तु आरक्ष, मकवानपुर, नवलपरासी र चितवनलगायतमा छन् । मध्यवर्ती क्षेत्रका साथै वनबाट ढुंगा निकाल्दा प्रकृतिमा असर देखिएको भन्दै बन्द गराउन दबाब परेको थियो ।
'मन्त्रीज्यूले तत्काल तिनको उचित व्यवस्थापन गर्न सुझाउनुभएको छ,' राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक गोपालप्रसाद उपाध्यायले शनिबार कान्तिपुरसँग भने ।

No comments: