लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सानजोसे/ कोस्टारिकाका राष्ट्रपति ओस्कार एरियास स्वाइनफ्लु भाइरसबाट संक्रमित भएका छन् । स्वाइनफ्लुबाट पीडित विश्वकै पहिलो राष्ट्रप्रमुखमा उनको नाम दर्ता भएको छ । नोबेल शान्ति पुरस्कारबाट सम्मानित ६८ वर्षीय राष्ट्रपति एरियास गत सप्ताहान्तमा अकस्मात बिरामी भएपछि उनको स्वास्थ्य जाँच गर्दा स्वाइनफ्लु भाइरसको संक्रमण भएको पत्ता लाग्यो । सो जानकारी त्यहाँको सरकारले दिएको हो ।राष्ट्रपति घरमै छन् र उनले त्यहाँबाटै आफ्नो काम गर्ने योजना बनाएका छन् । 'ज्वरो छ, घाँटीमा केही अप्ठ्यारो छ तर मलाई खासै केही भएको छैन, ठीकठाकै छु । म काम गर्न सक्छु । फोनबाटै काम गर्न सक्छु । सोमबारदेखि म आफ्नो काममा र्फकन सक्छुजस्तो लागेको छ,' वक्तव्यमा उनले खुलाएका छन् । ११ जुनमा महामारी भनी घोषणा गरिएको स्वाइनफ्लु नामक भाइरस विश्वभर फैलिएको छ । विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार गत अपि्रलदेखि फेरि देखिएको यस महामारीले दुई अर्ब मानिसलाई लपेट्ने आशंका गरिएको छ । कोस्टारिकामा मात्रै यस महामारीले २० जनाको ज्यान लिइसकेको छ । एरियास दमबाट समेत पीडित छन् । धेरै मात्रामा स्वाइनफ्लुका बिमारी गम्भीर प्रकृतिका नभए तापनि अन्य खालका रोग भएका मानिसमा भने यसले जटिलता उत्पन्न गर्छ ।
'परीक्षणबाट अन्य कुनै खराबी भएको देखिँदैन,' सूचनामन्त्री मायी अन्तिलोनले भने । राष्ट्रपतिका केही जिम्मेवारी मन्त्रिमण्डलका सदस्यहरूलाई सुम्पिएको छ । गत महिना एरियासले होन्डुरसमा राजनीतिक संकट गहिरिएपछि संकट समाधानका लागि प्रयास गरेका थिए । सत्ताच्यूत राष्ट्रपति जेलाया शक्तिमा आउन सक्ने अनुमान गरिएको थियो, तर एरियासको स्वास्थ्यको खराबीका कारण होन्डुरसमा स्थितिमा प्रतिकूल असर परेको छ । एरियासले मध्यअमेरिकी गृहयुद्ध तथा छापामार द्वन्द्व समाप्त गर्न तयार गरेको शान्ति योजनाका लागि १९८७ मा शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गरेका थिए ।२००६ मा दोस्रोपटक राष्ट्रपतिमा चुनिएका एरियासले भ्रष्टाचार सिध्याउने प्रतिज्ञा गरेका थिए र आफ्नो सानो मुलुकलाई अमेरिकासँग स्वतन्त्र व्यापार सन्धिमा लैजाने बताएका थिए । उनले नै २००७ मा ताइवानसँगको दशकौं लामो कूटनीतिक सम्बन्धको अन्त्य गरिदिएका थिए । चीनजस्तो उदीयमान विश्व-शक्तिलाई टाढा राखिरहन नसकिने उनको भनाइ थियो । डाक्टरले गत वर्ष उनको कण्ठतन्त्रीको समस्याका कारण नबोल्न भनेका थिए । उनी लेखेर र टाइप गरेर आफ्ना कुरा सम्झाउने गर्छन् ।

No comments:
Post a Comment