News

Jun 1, 2009

संघीयताको विरोधमा पूर्व पश्चिम यात्रा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन जेठ १८ राष्टिय जनमोर्चा निकटको विद्यार्थी संगठन अनेरास्ववियू छैठौंले संघीयताको विरोधमा पूर्व पश्चिम यात्रा सुरु गरेको छ। मसाल बोकेर चल्ने उक्त यात्रालाई उनीहरुले 'राष्ट्रिय एकता सद्‍भाव ज्योति यात्रा' भनेकाछन्।यात्रा सोमबार चितवन आइपुगेको छ। "यात्राको अन्तिम कार्यक्रम अनुरुप हामी जेठ २४ गते संविधानसभाका अध्यक्षलाई संघीयतामा नजाने निर्णय होस भन्ने आग्रह गर्दै ज्ञापनपत्र बुझाउने छौं," सोमबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष राजेन्द्र ढुंगनाले बताए।जेठ १० गते काचनपुरको भीमदत्तनगरबाट सो यात्राको सुरुवात भएको हो । पूर्वको उदयपुरसम्म सो यात्रा पुग्ने छ । संघीयताले देश टुक्राउँछ भन्ने राष्ट्रिय जनमोर्चाको मतलाई समर्थन गर्दै आफूहरु त्यसैलाई र फैलाउने अभियानमा लागेको छैठौंका अध्यक्ष ढुंगनाले बताए।संघीयताको पक्षमा रहेको तराई क्षेत्रमानै उनीहरुको अभियान केन्द्रित रहेको छ । केही ठाउँहरुमा उनीहरुले अवरोधहरु पनि भोग्नु पर्‍यो। तर जागरण पनि सोही क्षेत्रमै फैलाउनु पर्ने देखिएकाले आउने चुनौतीहरुलाई सामना गर्दै जाने योजना बनाएर लागेको ढुंगनाको भनाई छ।"संघीयता हाम्रो आवश्यकता हुँदै होइन। यसका कारण जातीय अन्तरकलह बढ्छ। बिखण्डनकारीहरु मौलाउन थाल्छन्," ढुंगानाले संघीयताको विरोध गर्नुको कारण बताए । संविधान सभामा रहेका २४ दल मध्ये चार जना सभासद् रहेको राष्ट्रिय जनमोर्चा मात्रै संघीयताको विरोधमा छ । उसले एकात्मक राज्य प्रणाली अन्तर्गत प्रजातान्त्रिक विकेन्द्रिकरणमा आधारित राज्यप्रणलीको वकालत गर्दै आएको छ।

No comments: