News

Jun 2, 2009

ब्राजिलबाट उडेको एअर फ्रान्सको विमान हरायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साओ पाउलो, जेठ १९ - ब्राजिलको राजधानी रियो डे जेनेरियोबाट २२८ यात्रु बोकेर पेरिस प्रस्थान गरेको एअर फ्रान्सको विमान हराएको छ । अटलान्टिक महासागरमाथि भीषण आँधीको चपेटामा परी विमानसँगको सम्पर्क विच्छेद भएको हो ।एअर बस ए ३३० जेट दुर्घटनामा परी महासागरमा खसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरिरहेका छन् । एअर फ्रान्सले भने उडानका क्रममा विमानमा चट्याङ खसेको हुन सक्ने सम्भावना व्यक्त गरेको छ । अहिले ब्राजिलियाली र फ्रान्सेली वायु सेनाले उक्त विमानको खोजी गरिरहेका छन् । फ्रान्सेली वातावरणमन्त्री जाँ लुइस बोर्लूले विमान कुनै न कुनै प्रकारको दुर्घटनामा परेको हुन सक्ने बताए । विमानमा विद्युतीय गडबडी भई दुर्घटना भएको अनुमान पनि गरिएको छ । विमानको अपहरण गरिएको हुनसक्ने तथ्यलाई आधिकारिक रूपमा अस्वीकार गरिएको छ । विमानमा दुई सय १६ यात्रु र १२ जना चालक दलका सदस्य सवार थिए ।विमानमा विद्युतीय परिपथमा गडबडी भएको स्वचालित इरर सन्देश रियो छाडेको चार घण्टापछि प्राप्त भएको एअर फ्रान्सले जनायो । एयर फ्रान्सका प्रवक्ता फ्रान्सकोइस ब्रोउसीले भने, 'विद्युतीय चट्याङले ठोकिएर विमान महासागरमा खसेको हुन सक्छ ।' ब्राजिलले विमानको खोजीका लागि पूर्वोत्तर तटीय क्षेत्रमा एयर फ्रान्स फ्लाइट ४४७, एउटा एयरबस ए३३० रियोतर्फ पठाइसकेको छ । ब्राजिलका वायु सेना उत्तरपूर्वी तटीय सहर न्याटालबाट करिब ३०० किलोमिटर दूरीस्थित फर्नान्डो डि नोरोन्हा नजिक विमानको खोजीमा जोडतोडका साथ लागेका छन् । उक्त क्षेत्र रियोबाट करिब १५ सय माइल टाढा छ ।यसैबीच वासिङटनमा पेन्टागनका एक अधिकारीले विमान वेपत्ताको घटनामा आतंकबादीको संलग्नताको कुनै संकेत प्राप्त नभएको बतायो । ब्राजिलको नागरिक उड्डयन नियोगका अनुसन्धान प्रमुख डग्लास फेरेरा म्याचादोले संचारकर्मीसँग भने, 'पछिल्लो सम्पर्कपछि विमान तीव्र गतिमा रहेकाले अफ्रिकाको तटीय क्षेत्रमा पुगेको हुन सक्छ ।' उनका अनुसार विमान पत्ता लगाउन लामो समय लाग्न सक्छ । 'विमान खोजीका लागि धेरै समय लाग्न सक्छ किनभने विमानको ब्ल्याक बक्स पाउनै समय लाग्छ' उनले भने । एयर फ्रान्सका अधिकारीहरूका अनुसार हराइरहेका विमान चालक अत्यन्तै अनुभवी थिए । हराएको विमानलाई १७ सय घन्टासहित चालकसँग ११ हजार घन्टाको उडान गरिसकेको अनुभव छ । 'प्राकृतिक गडबडीकै कारण विमानमा केही भएको हुन सक्छ' ती अधिकारीले भने । विमानमा चढेका २२८ जनाको मृत्यु भए सन् २००१ पछि यो कुनै व्यापारिक विमान दुर्घटनामा सबैभन्दा बढी यात्रु मरेको यो पहिलो हुनेछ । सन् २००१ को नोभेम्बर १२ मा एउटा अमेरिकन एयरलाइन्स न्युयोर्क सहरमा दुर्घटना हुँदा २६५ जनाको मृत्यु भएको थियो ।

No comments: