News

Jun 8, 2009

मञ्च सम्वद्ध लिम्बुवानको विस्तारित बैठक विजयपुर धरानमा हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान/- DB Angbung
जेठ २५, लिम्बुवानसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन पछिको प्रथम विस्तारित बैठक लिम्बुवानको विजयपुर धरानण्-हरियाली सामुदायिक भवन)मा भव्यतापूवक सुरु भएको छ ।विस्तारित बैठकको उद्घाटन-सत्रमा प्रमुख अतिथिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकारी लक्ष्मण थारु, अध्यक्ष मण्डल सदस्य, भूतपूव अध्यक्ष तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डी. के. बुद्धिष्ट, मञ्चका अध्यक्ष मण्डल सदस्य तथा खम्बुवान स्वायत्त राज्य परिषद्का अध्यक्ष इन्द्रहाङ खम्बू र अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाम्फे हुनुहुन्थ्यो ।विस्तारित बैठकको उद्घाटन सत्रको उद्घाटन प्रमुख अतिथि लक्ष्मण थारुले पानसमा द्वीप प्रज्वलन गरेर गर्नुभएको थियो ।यही उद्घाटन सत्रमा नै मञ्चका भूतपूव अध्यक्ष डी. के. बुद्धिष्ट विदाई र नव स्थापित अध्यक्ष लक्ष्मण थारुलाई स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।यो विस्तारित बैठकले मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको विविध समसामयिक तथा दीधकालीन महत्व राख्ने विषयमा महत्वपूण निर्णरु गर्नेछ ।यो विस्तारित बैठक परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक' को अध्यक्षतामा सञ्चालन भइरहेको छ । यो बैठक २५ देखि २७ गतेसम्म चल्ने छ ।

No comments: