News

Jun 7, 2009

सिमान्तकृत समुदायको मस्यौदा अवधारणामाथि छलफल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा अन्तर्गतको अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको मस्यौदा तथा अवधारणामाथि आइतबारदेखि छलफल सुरु भएको छ। समितिले तयार पारेको मस्यौदामा उल्लेखित विषयमाथि सभासद्हरुले बिहीबारसम्म आ-आफ्नो धारणा व्यक्त गर्ने छन्। यसअघि राष्ट्रिय हित संरक्षण समितिले तयार पारेको अवधारणाको मस्यौदामाथि संविधानसभामा छलफल भएको थियो। आइतबारको बैठकमा कांग्रेसका राधेश्याम अधिकारी, एमालेका भीम रावललगायतका आफ्नो धारणा व्यक्त गरेका छन्। बैठकमा सबै ठूला दलका शीर्ष नेताहरु भने अनुपस्थित रहेको हाम्रा सहकर्मीले जनाएका छन्।एकिकृत माओबादीको अवरोधका कारण लगातार स्थगित हुंदै आएको व्यवस्थापिका संसदको हिउँदे अधिवेशनको बैठक आइतबार पनि बोलाइएको छ। राष्ट्रपति विरुद्धको संकल्प प्रस्तावले सदनमा प्रवेश नपाएसम्म सदन चल्न नदिने माओबादीले जनाएकाले आइतबार पनि संसद बैठक चल्ने संभावना छैन।

No comments: