News

Jun 1, 2009

फुटबल कप्तान भाइचुङ्ग भुटिया नृत्यमा पनि उत्कृष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली, भारत जेठ १८ मैदानमा बल उनको गोडाको इशारामा नाच्ने गर्छ। भाइचुङ्गको सन्तुलन सहितको स्वतन्त्र विचरण गर्ने शैलीका कारण वल खोस्न आउने प्रतिद्धन्दी पनि नजानिदो पारामा नाच्न वाध्य हुन्छन्। भारतीय फुटबल टिमका कप्तान भाइचुङ्ग भुटियाको नृत्य भने कस्तो छ त ? यसको जवाफ पनि फुटबलकै शैलीमा भुटियाले आइतबार राति उत्कृष्ट रुपमा दिए।भारतीय टेलिभिजन च्यानल सोनी टिभीको आयोजनामा भएको नृत्य सम्बन्धि एक रियालिटी सो मा भुटियाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जिते।नृत्यमा खासै दखल नभए पनि भुटियाले आफूमा सुधार ल्याउँदै फाइनलमा दुई जनालाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्।"मैले सुरुदेखि नै आफू स्वयं र आफ्ना परिचित एवं साथीभाइलाई आश्चार्य चकित गर्दै आएको छु। यो उपलब्धी पनि मेरो त्यही शैलीको निरन्तरता हो," अन्तिम प्रदर्शनमा बलिउडको लोकपृय चलचित्र डनको गितमा नृत्य देखाएका भुटियाले भने।तर नृत्यमा पाएको सफलताको परिणामले भुटियालाई आफ्नो समुदायको विवाह झोज जस्ता कार्यक्रमबाट भने परै राख्न सक्ने सम्भावना पनि उत्तिकै छ।"म अब आफ्नो साथीभाई नातेदारहरुको विवाह भोज एवं यस्तै अन्य कार्यक्रममा भने जाने छैन," भुटियाले भने-मलाई सत प्रतिशत विश्वास छ त्यस्तो कार्यक्रममा मलाई नाच्न अनुरोध गरिने छ र मैले यहाँ जस्तो प्रदर्शन गर्न सक्ने छैन। किनभने त्यतिबेला नाच सिकाउन कोही पनि नृत्य निर्देशक मसँग हुने छैनन्।तर नृत्यमा सर्वोत्तम हुन भुटियाले स्टेज भित्रबाट नभई वाहिरबाट समेत ठूलो चुनौतिको सामना गर्नु परेको थियो।भुटियाको क्लब मोहन वगानले रियलिटी कार्यक्रममा व्यस्त भएका कारण उनले फुटबलमा ध्यान नदिएको आरोप लगाउदै स्पष्टिकरण सोधेको थियो।

No comments: