News

Jun 8, 2009

गच्छदारमाथिको कारवाही तत्काल फिर्ता लिन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २५ मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य तथा सभासद् तिलक रावलसहितका छ जिल्लाका सभापतिले वरिष्ठ नेता विजयकुमार गच्छदारमाथिको कारवाही तत्काल फिर्ता लिन माग गरेका छन्। सोमबार बिहान उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकतालाई मजवुत गर्न केन्द्रीय नेताहरुमाथिको कारवाही तुरुन्त फिर्ता लिन अध्यक्ष उपेन्द्र यादवसँग माग गरेका छन्।'पार्टीको सर्वोच्चतालाई स्वीकार गर्नु नेता तथा कार्यकर्ताको परम कर्तव्य हो भने पार्टी संस्थापन पक्षले व्यावहारिक तथ्यलाई मनन गरी हालका कारवाही स्थगित गनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो'- विज्ञप्ति उल्लेख गरिएको छ। उनीहरुले आमकार्यकर्ता र शुभचिन्तकको भावनालाई आत्मसात गरी तत्काल कारवाही फिर्ता लिएर पार्टीलाई पुनः एक ढिक्का भई सशक्तरुपमा अघि बढ्ने स्थिति सृजना गर्न वरिष्ठ नेता गच्छदार र अध्यक्ष यादवलाई आग्रह गरेका छन्।

No comments: