News

Jun 3, 2009

राजतन्त्र र धर्मनिरपेक्षताबारे जनमत संग्रहको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २० राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संघीयता संवैधानिक राजतन्त्र र धर्मनिरपेक्षताबारे जनमत संग्रह माग गरेको छ। सभामुखलाई बुझाइएको ज्ञापनपत्रमा उक्त पार्टीले यस्तो माग गरेको हो। ज्ञापनपत्र बुझाउनुअघि आयोजित विरोध प्रदर्शनमा पार्टी अध्यक्ष कमल थापाले दलीय खिचातानीका कारण प्रजातन्त्र संकटमा परेको भन्दै यसलाई बचाउन पार्टीले देशव्यापी 'राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलन' थाल्ने बताए। उनले भने- 'देशलाई विदेशी चलखेलबाट बचाउन राष्ट्रियताको जगेर्ना गर्न र सार्वभौमिकताका लागि अहिलेको अवस्थामा आन्दोलन अपरिहार्य छ । उनले जुनसुकै राजनीतिक दल समर्थित भए पनि राष्ट्र संकटमा परेका बेला दलीय स्वार्थबाट माथि उठेर राष्ट्रवादी आन्दोलनमा सहभागी हुन आग्रह गरे । उनले भने- 'कांग्रेस एमाले माओवादी जो भए पनि देशलाई टुक्रन नदिनका लागि हुने यो आन्दोलनमा सबै सहभागी हुनु आवश्यक छ ।आफ्नो पार्टीले यी तीन विषयमा जनमत संग्रह माग गर्दै सडकदेखि सदनसम्म आन्दोलन जारी राख्ने बताए । आन्दोलनको सुनुवाई नभए देशव्यापी विरोध कार्यक्रम गरी कडारुपमा प्रस्तुत हुने चेतावनी अध्यक्ष थापाले दिएका छन् । उनले जात र भाषाका आधारमा संघीय स्वरुप निर्धारण हुन नदिन सरकारलाई दबाब पनि दिएका छन् । 'जनताको भविष्यसँग गाँसिएको यस्तो सवालमा जनतासँगै नसोधी कोठे निर्णय गर्न पाइँदैन'- उनले भने ।

No comments: