News

Jun 7, 2009

झडप भएपछि सात गाविसमा कर्फ्र्यु जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गाउँलेहरूबीच झडप भएपछि स्थानीय प्रशासनले रूपन्देहीको विष्णुपुरासहित सात गाविसमा कर्फ्र्यु जारी गरेको छ। झडपका कारण स्थिति असामान्य बन्दै गएपछि शनिबार दिउँसो साढे १ बजेदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्र्यु लगाएको हो। प्रशासनले रूपन्देहीको विष्णुपुरा, एकला, गजेडी, रुद्रपुर, सूर्यपुरालगायतका सात गाविसमा कर्फ्र्यु लगाएको छ।गाउँलेबीच भएको झडपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन लुम्बिनीबाट गएको प्रहरी टोलीसँग पनि गाउँलेहरूको झडप भएको थियो। झडपमा परी पाँच प्रहरीसहित एक दर्जन स्थानीय बासिन्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। गत जेठ ९ गते गाउँमा भएको विवाहमा गाईको मासु खुवाइएको भन्ने हल्ला चलेपछि गाउँलेहरूबीच झडप भएको थियो।

No comments: