लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ- , जेठ १८ - भारतीय सीमा सुरक्षाबलले लखेट्दा जिल्लाका एक हजार आठ सय बढी बासिन्दा बिस्थापित भएका छन् । उनीहरु सुरक्षाको माग गर्दै दुई दिनको पैदल हिडेर देउखुरी आइपुगेका छन् । जिल्लाको नेपाल भारतसीमा क्षेत्रमा बस्दै आएका ३ सय भन्दा बढी महिला र बालबालिकासहित १ हजार घरपरिवार गाउँ छोडेर हिडेका हुन् ।'भारतीय सुरक्षा बलले सीमा स्तम्भ मिच्दै ल्याएको छ, यहाँ तिमीहरु बस्न पाउँदैनौ भनेर हाम्रंो घरहरुमा आगो लगाइदियो,' राजपुर गाविस-७ की पूर्ण कुमारी बिष्टले भनिन्,'जिउ बचाउन नसकिने भएपछि परिवारै उठाएर हिड्नुपर्यो ।' बिष्टका अनुसार सीमा सुरक्षा बलले सीमामा ३५ मिटरसम्म स्तम्भ सारेको छ र सीमा पीलरहरु हराउँदै गएका छन् । सीमा सारेर नेपालका बस्तीहरु पनि भारतमा पर्ने भन्दै सुरक्षाबलले नेपालीहरुलाई हटाउन थालेको छ । राजपुर गाविसका भैसाही, सुनपथ्री, खाङग्रा, बेला गाविसका बरुवा, पटौली, सिरिया, सुकौली, गुरुङ, कोइलाबास लगाएत जिल्लाका २२ वटा नाकाका मानिसहरु बिस्थापित भएका छन् । यस क्षेत्रमा भारतका बलरामपुर, श्राबस्ती र गोण्डा जिल्ला पर्दछन् । दाङ-कपिलबस्तुको सीमा क्षेत्र भौरिसाल नाकादेखि दाङ-बाँके सीमा क्षेत्रको भौवा नाकासम्मका ६ हजार बढी बासिन्दा बिस्थापित हुन थालेका छन् । 'कति त बाटोमै बिचल्लीमा परेका छन् । कति आफन्त खोज्दै गएका छन्,'राजपुर-९ डगमारा नाकाका चन्द्रप्रकाश खड्काले भने,'बालबच्चा बिरामी परेर बिजोग भएको छ । खाने राशन केही छैन ।' भारतीय सुरक्षा बलले कयौं चेलिबेटीहरुलाई बलात्कार, अपहरण गर्ने गरेको उनीहरुको भनाइ छ । 'अहिलेसम्म १५ जनाभन्दा बढी केटीहरु हराइसके,' बेला-३ सिरिया नाकाका बेगराम पुनले भने,'आफ्नै अगाडि दिदीबहिनी र श्रीमती बलात्कृत भएको देखेर चुपचाप बस्नुपर्छ ।' विगत ४० बर्षदेखि जिल्लाका विभिन्न नाकामा बस्दै आएका उनीहरुले यस्तो पिडा बर्षौंदेखि भोग्दै आएपनि पछिल्लो समयमा ज्यादती बढेकाले सिमा क्षेत्र असुरक्षित भएको बताउँछन् ।
भारतबाट सामान ल्याउन बन्द गरिदिएको र आफूहरुले उत्पादन गरेका बस्तुहरु पनि जर्वजस्ती लगिदिने गरेको राजपुर-७ खङ्ग्रा नाकाकी ६० बषिर्या चाम कुमारी घर्तीले बताइन् । 'बन्दुक ल्याएर घरमा आउँछन्, छोरी बुहारीहरु लिएर जान्छन् । बाख्रा, कुखुरा, गाई, गोरु, खाद्यान्न समेत लगिदिए,' उनले भनिन्,'केही बोल्न बित्तिकै कुटिहाल्छन् । अहिलेसम्म भारतिय सुरक्षाबलबाट कुटाइ नखाएका सिमाबासी र हातपात नभएका चेलीबेटी कोही पनि छैनन् । हाम्रो सुरक्षा कसैले गर्न सकेन ।' सुरक्षा खोज्दै आएका सीमाबासीहरु देउखुरीको सतबरिया गाविस-२ स्थित कर्री सामुदायिक वन क्षेत्रका पाल टाँगेर बसेका छन् । ५/१० रुपयाँ उठाएर केही त्रिपाल किनेपनि अधिकांश खुला आकाशमुनि बस्नुपरेको बिस्थापितहरुका अगुवा रोशन पुनले बताए । बषर्ात र राशनको अभावले जंगलको बसाइ कष्टकर बन्दै गएको उनले बताए । विस्थापितहरुको सुरक्षाका लागि छिट्टै सर्वदलिय बैठक बोलाएर छलफल गरिने प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल बताउँछन् । 'नाकामा निकै त्रासपूर्ण बातावरण भएको जानकारी आएको छ, हजारौं बिस्थापित भैसकेकाले ठूलो समस्या भएको छ,' उनले भने,'यो प्रशासन एक्लैले समाधान गर्न सक्ने विषय होइन । छिट्टै सर्वदलीय बैठक बोलाएर छलफल गर्दैछौं ।'

No comments:
Post a Comment